राप्रपाले चुनावी समिक्षा गर्दै
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी समिक्षा गर्दैछ।
फागुन २१ गते भएको निर्वाचनमा पाँचौ पार्टी दलमा खुम्चिएको राप्रपाले सातवटै प्रदेशमा चुनावी समिक्षा बैठक गर्ने भएको छ।
राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसंगको परामर्शमा सबै प्रदेशमा हुने बैठकको मिति तय नभएको भए पनि बैशाखको दोस्रो सातासम्म चुनावी गर्ने तयारी भएको राप्रपाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु, प्रदेशसभा क्षेत्रीय अध्यक्षहरु, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उमेदवारहरु एवं जिल्ला निर्वाचन समितिका संयोजकहरुको सहभागिता रहनेछ।
पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशको समिक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारीहरु सहभागी हुनुहुनेछ।
विज्ञप्ति:
