npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

कांग्रेसद्वारा सातै प्रदेशका सभापति र मुख्यमन्त्रीको बैठक आह्वान

देश सञ्चार 3 hours ago

काठमाडौँ- नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्ना दलबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूसँग संयुक्त छलफल आयोजना गर्ने भएको छ।

उक्त बैठक ६ वैशाखमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ।

बैठकमा प्रदेश र स्थानीय तहका सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिइनेछ। यससँगै, पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय गर्ने जिम्मेवारी प्रदान गरेको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा हालै भएको मन्त्री हेरफेरको विषय पनि बैठकको मुख्य एजेन्डा रहने बताइएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग पूर्वपरामर्श नगरी मन्त्री नियुक्त गरेको विषयमा पार्टीभित्र छलफल हुने भएको हो। उनले कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा गर्दै मन्त्री परिवर्तन गरेका थिए।

Read more news from देशसञ्चार

Explore by Source or Category