काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टोली तयारीका क्रममा विशेष प्रशिक्षण गरिएको छ। खेलाडी तथा प्रशिक्षकका लागि आज यहाँ तीन विषयको कक्षा सञ्चालन गरिएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषणसम्बन्धी जानकारी दिइएको थियो। डा.
दाङ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को विजेता लुम्बिनी लायन्सको ‘ट्रफी उत्सव र्याली’ दाङको घोराही पुगेको छ। बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्याली बर्दिया‚ दाङको तुलसीपुर हुँदै आइतबार घोराही पुगेको हो। र्यालीलाई घोराहीमा दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया‚ लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकालगायतले स्वागत गरे।
काठमाडौँ। यु-१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। १२औँ संस्करणको प्रतियोगितामा पहिलो पटक च्याम्पियन भएको पाकिस्तानले फाइनलमा सात पटकको विजेता भारतलाई हराएको हो । यूएईमा भएको फाइनल खेलमा भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले आइतबार विश्वकप छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपका लागि क्यानले क्याम्पका लागि २४ खेलाडी छनोट गरेको छ । The post टी २० विश्वकप : यी हुन् क्याम्पमा बोलाइएका २४ खेलाडी appeared first on RONB post.
काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। ओमानमा सम्पन्न एसियाली छनोटबाट विश्वकपमा स्थान सुरक्षित गरेपछि नेपाली टोली अहिले तयारीको अर्को चरणमा प्रवेश गरेको हो। टोलीको नेतृत्व नियमित कप्तान रोहित पौडेलले गर्नेछन् भने टोलीमा अनुभवी खेलाडीका साथै केही युवा प्रतिभाहरूलाई पनि समावेश गरिएको छ।
काठमाडौं । पाकिस्तानले यूएईमा सम्पन्न एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। आइतबार दुबईमा भएको फाइनल भिडन्तमा भारतमाथि १९१ रनको सानदार जित निकाल्दै पाकिस्तान युवा टोलीले एसिया कप जितेको हो।
काठमाडाैं । पाकिस्तानले दोस्रो पटक एसीसी यू-१९ एसिया कपको उपाधि आफ्नो पोल्टामा पारेको छ। आजकाे फाइनल खेलमा ओपनर समीर मिन्हासको कीर्तिमानी ब्याटिङ र अली रजाको धारिलो बलिङको मद्दतले पाकिस्तानले भारतलाई १९१ रनको विशाल अन्तरले पराजित गरेको हाे ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्यसचिव पदका लागि २१ जनाको उम्मेदवारी परेको छ। सामाजिक विकास मन्त्रालयले ९ मंसिरमा सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति २३ मंसिरसम्म २१ जनाले आवेदन दिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको खेलकुद महाशाखाले जनाएको छ। सदस्यसचिवको दरखास्त दिनेहरूमा वर्तमान मुख्यमन्त्री यामलाल कँडलेका स्वकीय सचिवदेखि परिषद्कै पूर्वउपाध्यक्षसम्म छन्।
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले सेभियाविरुद्ध २–० को जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन जुड बेलिङ्घम र किलियन एमबाप्पेले गोल गरे । रियालले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।