npl.977 Nepal News Stream

Kendrabindu logo

Kendrabindu

kendrabindu: Trusted Nepali News for Every Reader

को हुन् मिराज ढुंगाना ?

इन्द्र कमल रोक्का | 9 hours ago
काठमाडौं । नेपालको राजनीतिक क्षितिजमा पछिल्लो समय चर्चामा आएका युवा अभियन्ता मिराज ढुंगाना ‘गरिखान देऊ’ अभियानका संयोजक तथा जेनजी आन्दोलनका एक अगुवा व्यक्तित्व हुन् । २४ वर्षीय ढुंगाना व्यवसायी पनि हुन् । उनी २०८२ भदौमा भएको ऐतिहासिक जेनजी आन्दोलन मार्फत राष्ट्रिय चर्चामा आए ।

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान, घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । प्रिमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा एक विशिष्ट ग्राहक अभियानको सुरुवात गरेको छ। डिजाइन्ड फर होम. क्राउन्ड विद क्रिकेट शीर्षकको यस अभियानले बेकोको विश्वस्तरीय गुणस्तर र डिजाइनलाई नेपालीहरूको क्रिकेटप्रतिको अगाध लगावसँग जोड्दै एउटा अद्वितीय र अनुपम अनुभवको प्रस्ताव गरेको कम्पनीको दाबी छ।

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

सुदूरको कथामा म्युजिक भिडियो ‘माया मर्दैन’ सार्वजनिक

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडाैं । एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो “माया गर्दैन” सार्वजनिक भएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ ।

सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’मोटरसाइकल लन्च हुँदै, नेपालमा परीक्षण सुरु

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । सिएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परिक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको हो । सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई शहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३५ प्रतिशत लाभांश पारित

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा पुष ७ गते सोमबार काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पूँजी को ५.

‘मिरमिरे’को शीर्ष गीतमा सिर्जनासँगै छमछमी नाचे प्रकाश र दयाहाङ

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम छ । एकले अर्कोलाई देखेपछिको आकर्षण छ ।

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक, यस्ता छन् विशेषता

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् ।

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ -शेरधन राई

इन्द्र कमल रोक्का | 10 hours ago
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको आरोप लगाएका हुन् ।

महेश बस्नेतलाई निर्वाचन आयुक्तको जवाफ- एकपटक ऐन कानुन राम्रोसँग हेर्न आग्रह गर्छु

इन्द्र कमल रोक्का | 10 hours ago
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो बनेको उदाहरण दिँदै निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव नरहेको बताएका हुन् ।

हामी जेनजीको रगतमा आराम गर्न आएका होइनौं, पहिले र अहिले मूल्यांकन गर्नू -प्रधानमन्त्री कार्की

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार जेनजीको रगतमा आराम गर्ने मनसायले नआएको स्पष्ट पारेकी छन् । सोमबार बसेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताएकी हुन् ।

हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा हुनुपर्छ -कांग्रेस

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् । सोमबार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए । उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ ।

सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्यो -प्रेम सुवाल

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् । सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।

एमाले नेता महर एक लाख धरौटीमा रिहा, उनकी श्रीमती श्रेष्ठ पक्राउ

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । नेकपा एमालेका नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटी माग गरेको हो। महरविरुद्ध एक लाख धरौटी माग भएको थियो । रकम बुझाएर उनी आजै रिहा भएका हुन् ।

भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङकाे अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

मेयर बालेनले राष्ट्रिय मानव अधिकार आयोग पुगेर दिए बयान

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्। भदौ २३ र २४ गतेको घटनाबारे मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ। त्यही क्रममा मेयर शाहले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।

फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन -वर्षमान पुन

इन्द्र कमल रोक्का | 12 hours ago
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने दाबी गरेका छन् । उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ -मन्त्री घिसिङ

इन्द्र कमल रोक्का | 12 hours ago
मन्थली (रामेछाप) । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताएका हुन् ।

प्रधानमन्त्रीलाई महेश बस्नेतको प्रश्न- पुराना दललाई गाली गरेर, निषेध गरेर निर्वाचन हुन्छ ?

इन्द्र कमल रोक्का | 12 hours ago
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सोमबार बसेको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा सचिव महेश बस्नेतले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताएका हुन् ।

लाप्चेटारमा भिरबाट लडेर एकको मृत्यु

इन्द्र कमल रोक्का | 12 hours ago
भद्रपुर (झापा) । अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।

Explore news by Category