इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको संख्या एक लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै एनटर्कले यो ऐतिहासिक सफलता हासिल गरेको हो । खुसीयाली मनाउन जगदम्बा मोटर्सले शनिबार एनटर्क ओनर्स ग्रुप (एनओजी) राइडको आयोजना गर्यो ।
इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । सामसङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी ‘ए’ सिरिजको दायरा विस्तार गर्दै नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक क्यामेरा प्रविधि, बौद्धिक एआई फिचर्स र परिष्कृत डिजाइनको समिश्रण रहेका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई सहज बनाउने कम्पनीले जनाएको छ।
इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ : २०१५ प्रमाणीकरण प्राप्त गरेको छ । उक्त प्रमाणीकरण युनाइटेड रजिस्ट्रर अफ सिस्टम (यूआरएस) तथा यूकेएएस म्यानेमेन्ट सिस्टममार्फत प्रदान गरिएको हो ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा महत्वपूर्ण फड्को मारेको छ। नेपालमा पहिलोपटक फोहोर संकलनका लागि विद्युतीय सवारीसाधन प्रयोग गर्दै ११ थान फोटोन टीएम १ इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी महानगरलाई हस्तान्तरण गरिएको हो । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रा.लि.
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलबाटै पाइने भएको छ। बैंकले नै यसको अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यसमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडाैं । नाइमाको समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँगको सहकार्यमा सातै प्रदेशमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सञ्चालन गर्ने भएको छ । यसअन्तर्गत सात वटै प्रदेशमा गरी कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिने जानकारी कार्यक्रममा गराइएको थियो ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ । आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
8 hours ago
ललितपुर । वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ । हाल पुलचोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ ।
इन्द्र कमल रोक्का
|
8 hours ago
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो ।
इन्द्र कमल रोक्का
|
9 hours ago
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरि बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरि सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन।
इन्द्र कमल रोक्का
|
9 hours ago
काठमाडौं । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ ।
इन्द्र कमल रोक्का
|
9 hours ago
जेनेभा । सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।
इन्द्र कमल रोक्का
|
9 hours ago
जुम्ला । जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु २५ करोड २८ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले रु २९ करोड ३० लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
इन्द्र कमल रोक्का
|
9 hours ago
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६–७ महिनाको अवधिमा भएका कार्य सम्पादन गर्नकासाथै समिक्षा गरेको हो ।
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पुरानो र्याप भिडियोलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको छ । १२ वर्ष पुरानो हिपहप ब्याटल ‘रअ बार्ज’को उक्त भिडियोका केही शब्द र सन्देशले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक (जीएसएम) समुदायप्रति आपत्तिजनक भावना फैलाएको, घृणा अभिव्यक्ति गरेको तथा हिंसा सम्बन्धी सन्देश समेटिएको भन्दै हटाउन उजुरीमा माग गरिएको छ ।
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौं । प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले सपथ लिएका हुन् ।
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम भनेको छ ।