गैरकानुनी कार्य गर्ने ३०९ जना पक्राउ
इन्द्र कमल रोक्का
|
5 hours ago
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ ।
आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिए ।
सो अवधिमा काठमाडौं प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २१ बिचौलिया, सर्वसाधारणलाई दुःख हैरानी दिने १३६, यौनजन्य कार्य १२८ र गुण्डागर्दीमा संलग्न २४ जनालाई पक्राउ गरेको छ ।
युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने २० महिलालाई एक वर्षसम्म नेपाल आउन नपाउनेगरी अध्यागमन विभागबाट ‘डिपोर्ट’ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।