npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोलाई लिएर साइबर ब्यूरोमा उजुरी

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पुरानो र्‍याप भिडियोलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको छ ।

१२ वर्ष पुरानो हिपहप ब्याटल ‘रअ बार्ज’को उक्त भिडियोका केही शब्द र सन्देशले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक (जीएसएम) समुदायप्रति आपत्तिजनक भावना फैलाएको, घृणा अभिव्यक्ति गरेको तथा हिंसा सम्बन्धी सन्देश समेटिएको भन्दै हटाउन उजुरीमा माग गरिएको छ ।

उजुरी दर्ता गर्नेहरूमा जीएसएम समुदायका सक्रिय सदस्यहरू पवन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुन छन्।उनीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिको विगतका अभिव्यक्ति र सामग्रीप्रति जवाफदेहिता आवश्यक हुने भन्दै आवश्यक छानबिनको माग गरेका छन्।

Read more news from Kendrabindu

Explore by Source or Category