npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सामसङद्वारा नेपालमा ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी सार्वजनिक, यस्ता छन् फिचर

इन्द्र कमल रोक्का 6 hours ago

काठमाडौं । सामसङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी ‘ए’ सिरिजको दायरा विस्तार गर्दै नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक क्यामेरा प्रविधि, बौद्धिक एआई फिचर्स र परिष्कृत डिजाइनको समिश्रण रहेका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई सहज बनाउने कम्पनीले जनाएको छ।

यस पटक सामसङले नेपाली ग्राहकका लागि विशेष सरल किस्ताबन्दी सुविधा ल्याएको छ। हुलास फिन सर्भ हाइर पर्चेज लिमिटेडसँगको सहकार्यमा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ मार्फत अब ग्राहकले २४ महिनाको विस्तारित ईएमआई सुविधा पाउनेछन्। यसअघिको १२ महिनाको योजनालाई परिमार्जन गरी २४ महिना पुर्‍याइएकाले अब मासिक किस्ता रकम लगभग आधाले कम हुनेछ। यो सेवा प्राप्त गर्न ग्राहकले मात्र आफ्नो नागरिकता पेश गरे पुग्ने र प्रक्रिया निकै झन्झटमुक्त रहेको कम्पनीले उल्लेख गरेको छ।

नयाँ ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ पावर उपलब्ध छ, जसले उत्पादकत्व बढाउन र सामग्री सिर्जना गर्न मद्दत गर्दछ। यसमा रहेको भ्वाइस ट्रान्सक्रिप्सनले रेकर्डिङ र कलहरूलाई अक्षरमा रूपान्तरण गर्छ भने एआई सेलेक्टले स्क्रिनको सामग्रीलाई सहजै अन्य एपमा लैजान अनुमति दिन्छ। फोटो सम्पादनका लागि अब्जेक्ट इरेजर र ग्यालेक्सी ए५७ फाइभजी मा विशेष रूपमा रहेको ‘बेस्ट फेस’ जस्ता फिचर्सले सिर्जनात्मक कार्यलाई नयाँ उचाइ दिनेछन्।

क्यामेराको कुरा गर्दा दुवै उपकरणमा ५० एमपीको मुख्य क्यामेरासहितको शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली छ। परिष्कृत नाइटोग्राफीका कारण कम उज्यालोमा पनि प्राकृतिक र सफा तस्बिरहरू खिच्न सकिन्छ। कार्यक्षमताका लागि यसमा अपग्रेड गरिएको सीपीयू र जीपीयू राखिएको छ भने ५,००० एमएएचको ब्याट्रीले दुई दिनसम्मको ब्याकअप प्रदान गर्दछ।

यी दुवै फोनहरू आईपी६८ रेटेड रहेकाले पानी र धुलोबाट सुरक्षित छन्। सामसङले यी मोडलहरूमा ६ पुस्तासम्मको ओएस अपग्रेड र ६ वर्षसम्म सुरक्षा अपडेट दिने प्रतिबद्धता जनाएको छ, जसले फोनलाई लामो समयसम्म सुरक्षित र आधुनिक राखिरहनेछ।

नेपाली बजारमा ग्यालेक्सी ए५७ फाइभजी (१२/२५६ जीबी) को मूल्य ८९,९९९ रुपैयाँ र ८/२५६ जीबीको ८४,९९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, ग्यालेक्सी ए३७ फाइभजी विभिन्न तीन भेरियन्टमा उपलब्ध छ, जसको सुरुवाती मूल्य (८/१२८ जीबी) ६४,९९९ रुपैयाँ रहेको छ। ग्राहकले यी फोनहरू नेपालभर रहेका सामसङका आधिकारिक सोरुम र रिटेल च्यानलहरूबाट खरिद गर्न सक्नेछन्।

Read more news from Kendrabindu

Explore by Source or Category