टीभीएस एनटर्कको ऐतिहासिक सफलता: १ लाख ५० हजार प्रयोगकर्ताको साथमा शिवपुरीसम्म ‘सेलिब्रेसन’ राइड
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको संख्या एक लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ ।
नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै एनटर्कले यो ऐतिहासिक सफलता हासिल गरेको हो ।
खुसीयाली मनाउन जगदम्बा मोटर्सले शनिबार एनटर्क ओनर्स ग्रुप (एनओजी) राइडको आयोजना गर्यो । टीभीएसको नक्साल शोरुमबाट सुरु भएको उक्त यात्रा शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो । राइडमा ५० जनाभन्दा बढी ग्राहकहरूका साथै २० जनाभन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर र सञ्चारकर्मी गरी कुल ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
यो कार्यक्रम केवल एउटा यात्रा मात्र नभई एनटर्क प्रेमीहरूका लागि एक साम्प्रदायिक उत्सव नै थियो । सहभागीले सुरक्षित यात्रा र सामूहिक राइडिङसम्बन्धी तालिम प्राप्त गर्नुका साथै एक–आपसमा आफ्ना अनुभवहरू समेत साटासाट गरेका थिए । मनोरञ्जनका लागि विभिन्न खेल र गतिविधिहरू समावेश गरिएको उक्त कार्यक्रममा विजेतालाई आकर्षक उपहार र सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यस अवसरमा बोल्दै भने “नेपालमा १ लाख ५० हजार चालकहरूको साथ पाउनु टीभीएस एनटर्कका लागि गौरवको विषय हो । यो हाम्रा ग्राहकहरूको अटुट विश्वास र उत्साहको प्रमाण हो । हामीले यो एनओजी राइडमार्फत ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मनोरञ्जनात्मक र जिम्मेवार राइडिङको अनुभव प्रदान गर्ने प्रयास गरेका छौँ ।”
यस कार्यक्रमले नेपालका युवा र उत्साही राइडर माझ टीभीएस एनटर्कको बलियो सम्बन्धलाई फेरि एक पटक उजागर गरेको कम्पनीले जनाएको छ ।
उत्कृष्ट कार्यक्षमता, स्टाइल, र आधुनिक प्रविधिका लागि चिनिने एनटर्कले यो कार्यक्रममार्फत आफ्नो ब्रान्ड परिचयलाई थप उचाइमा पुर्याएको छ । यो महत्त्वपूर्ण उपलब्धि पार गरेसँगै टीभीएस एनटर्क नेपाली युवाहरूको पहिलो रोजाइको स्कुटरको रूपमा स्थापित भएको छ र जगदम्बा मोटर्स आगामी दिनहरूमा पनि यस्तै सृजनशील कार्यक्रममार्फत आफ्ना प्रयोगकर्ताहरूलाई जोड्न प्रतिबद्ध देखिएको छ ।