npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु

इन्द्र कमल रोक्का 3 hours ago

जेनेभा । सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।

युएनएचसीआरको तथ्याङ्कअनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उनले बताए । उनले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्याहरूमा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गरे ।

रोहिंग्याहरूले हरेक वर्ष सहज जीवन यापनको खोजीमा खतरनाक समुद्री यात्रा गर्दा मानव बेचबिखन नेटवर्कहरूद्वारा सञ्चालित डुङ्गाहरूमा यात्रा गर्ने गरेको जनाइएको छ ।

अधिकांश रोहिंग्या शरणार्थीहरू अनुमति दिए पछि स्वेच्छिक, सम्मानजनक र सुरक्षितरुपमा म्यानमार फर्कन चाहेको उनले बताए ।

यसैबीच, कोषको अभावले बङ्गलादेशमा मानवीय सहायतामा कमी आउदा शिविरहरूमा असुरक्षा र शिक्षा र जीविकोपार्जनमा सीमित पहुँचले शरणार्थीहरूलाई खतरर तिर धकेलेको उनले बताए ।

युएनएचसीआरको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा त्यस्ता सिमाहरू गर्ने प्रयास गर्नेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए । केहि दिनअघि अन्डमान सागरमा करिब २८० रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको खबर सार्वजनिक भएको केही दिनपछि उनको टिप्पणी आएको हो ।

बङ्गलादेशी अधिकारीहरूले नौ जनालाई उद्धार गरिएको बताएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category