ढोरपाटन (बागलुङ) । पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन् । १३ वर्ष अगाडि सुबिधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन् । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला ।
डुम्रे (तनहुँ) । विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ।
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य अहिलेसम्मकै धेरै हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँगको छलफलका क्रममा थापाले आफू सभापतिको उम्मेदवार भएको स्पष्ट पार्दै पार्टी नेतृत्व आफूले गर्ने दाबी गरे । ‘म अहिले पार्टीको १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो ।
काठमाडौं । रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएको आज १०० औं दिन हो । जेनजी प्रदर्शनपछि बनेको मन्त्रिपरिषदमा अर्थमन्त्रीको भुमिकामा रहेका खनाल अर्थतन्त्रका सिद्धान्त, व्यवहार, कर नीति, मौद्रिक नीतिका साथै नेपाली समाजलाई जरैदेखि बुझेका अर्थविद् हुन् ।
विराटनगर । गणेश अग्रवाल र धनावत समूहले करिब डेढ दशकअघि औद्योगिक नगरी विराटनगरमा पहिलो व्यावसायिक अपार्टमेन्टका रूपमा ‘इस्टर्न सिटी’ सञ्चालनमा ल्याए । उक्त अपार्टमेन्टमा दुईवटा कोठा, एउटा बैठक कोठा र भान्सासहितको फ्ल्याट ५० देखि ६० लाख रुपैयाँसम्ममा खरिद गरेर हाल करिब २५-३० परिवार बसोबास गर्दै आएका छन् ।
रुपन्देही । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने र सिद्धबाबा सुरुङमार्गको अवलोकन गर्दै निर्धारित समयमै काम सक्न निर्देशन गरेका छन् । आइतबार साँझ उनले सुरुङ मार्गको प्रगतिका बारेमा जानाकारी लिएका हुन् । सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रगतिका बारेमा चासो राखेका हुन् ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो । जोशीले एकमुष्ट ३ करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतबाट निस्किए लगत्तै आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो ।
काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराईको विभिन्न भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।
काठमाडौं । करिब एक दशकपछि काठमाडौंको खुलामञ्च खुला भएको छ । २०७३ वैशाखदेखि विभिन्न बहानामा बन्द रहेको खुलामञ्च आइतबारदेखि काठमाडौं महानगरपालिकाले खुला गरेको हो । महानगरपालिकाले पुनर्निर्माण, सजावट र रंगरोगनपश्चात सर्वसाधारणको लागि खुलामञ्च खुला गरेको हो । खुलामञ्चमा अधिकाँश राजनीतिक कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई ५०- ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरको गोदावरीस्थित नाङ्लो वेकरी प्राइभेट लिमिटेडबाट उत्पादित क्रोसन बरामद गरी नष्ट गरेको छ । विभागका प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार १५ हजार ४ सय रुपैयाँबराबरको १४० जना क्रोसन बरामद गरी नष्ट गरिएको हो । विभागले मंसिर २३ गते नाङ्लोको क्रसन बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।
काठमाडौं । सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाइ नाबालिकाको चरित्र हत्या गर्ने १ जना व्यक्ति परेका छन् । साइबर ब्यूरोका अनुसार कैलाली, धनगढी उप-महानगरपालिका १२ जुगेडा डि गाँउका २७ वर्षीय सन्दिप चन्द पक्राउ परेका हुन् ।
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालालाई झुटो कारोबारमा तीन लाख रुपैयाँ जरीवाना र दुईवर्षसम्म कैद सजाय हुनसक्ने देखिएको छ । धितोपत्र बोर्डले अग्रवालमाथि गरेको एक अध्यन प्रतिवेदन अनुसार उनले धितोपत्र ऐन विपरीत कारोबार गरेका छन । अग्रवालले झुक्याउने विवरणहरु दिने कसुर गरेको अध्ययनको निष्कर्ष छ ।
काठमाडौं । घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई जोड्न ‘एक रोमाञ्चक ग्राहक अभियान’ सुरु गरेको छ । ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर रहेको माइडियाले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन् । सहकारी ठगी प्रकरणमा थुनामुक्त भएपछि पहिलो पटक प्रधानमन्त्रीलाई भेट्न लागेका लामिछाने आज साँझ साढे ६ बजे बालुवाटार जाने कार्यक्रम तय भएको छ । लामिछाने र प्रधानमन्त्री कार्कीबीचको भेटघाट साँझ साढे ६ बजेका लागि निश्चित गरिएको छ ।