काठमाडौं । नेपाल विद्तुत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलको बाँकी बक्यौता तिर्न उद्योगीहरूलाई पत्र पठाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले करिब १९ वटा उद्योगहरूलाई किस्ताबन्दीमा बक्यौता तिर्न एक हप्ताअघि नै पत्राचार गरिएको जानकारी दिए । कार्यकारी निर्देशक शाक्यका अनुसार यो प्राधिकरणको नियमित प्रक्रियाअन्तरगत पुरानो बाँकी बक्यौता उठाउने प्रयास हो।
काठमाडौं । नेपालको आर्थिक पत्रकारिता र निजी क्षेत्रको नीतिगत पैरवीमा स्थापित नाम हो, गोकर्ण अवस्थी । दार्चुलाको विकट गाउँबाट सुरु भएको उनको जीवनयात्राले आगामी वैशाख २२ गते (सन् २०२६ मे ५) देखि एउटा नयाँ र शक्तिशाली मोड लिँदैछ । देशको सबैभन्दा ठूलो सञ्चारगृह कान्तिपुर दैनिकको प्रधान सम्पादकका रूपमा उनी नियुक्त भएका छन् ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीमा आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ । आफ्नो सेवा, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै कम्पनीले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो । उक्त प्रमाणिकरण युनाइटेड रजिस्ट्रार अफ सिस्टम तथा यूकेएएसमार्फत प्रदान गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीको सफल कार्यान्वयन र संघ, प्रदेश तथा स्थानीय तहबीचको वित्तीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ ‘अन्तर-सरकारी वित्त परिषद्’ र ‘विषयगत समिति’को महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ । अर्थमन्त्री डा.
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार तिवारी, उनकी श्रीमती र छोरी विरुद्ध विशेष अदालतमा उक्त भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
काठमाडौं । नेपाली पुँजी बजारमा सुरु हुन लागेको ‘आफ्टर मार्केट अर्डर’ अर्थात् (एएमओ)मा कम्पनीको मूल्यको १५ प्रतिशतसम्म घटबढ हुनेगरी अर्डर राख्न मिल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पठाएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनको प्रस्तावलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृत गरी नेप्सेमै पठाइसकेको छ ।
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले २०७९ वैशाख २ गते मध्यरातदेखि लागू हुने गरी डिजेलमा गरेको मूल्य वृद्धिले यातायात क्षेत्रमा गम्भीर असर पुर्याएको बताएको छ ।
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग यस्तो प्रस्ताव गरेका हुन् ।
एजेन्सी । भारतको सरकारी तथ्यांक अनुसार, सन् २०२५–२६ मा चीनले अमेरिकालाई पछाडि पार्दै भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा उदाएको छ । यस अवधिमा दुई देशबीचको द्विपक्षीय व्यापार १५१.१ अर्ब अमेरिकी डलर पुगेको छ भने चीनसँगको व्यापार घाटा बढेर ११२.१६ अर्ब डलर पुगेको छ ।
काठमाडौं । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत विदेशी जनशक्तिको गैर-पर्यटकीय भिसा सिफारिस प्रक्रियालाई सरकारले थप परिमार्जनसहित व्यवस्थित बनाएको छ । ‘हवाई सेवा व्यवस्थापन नियमावली, २०८२’ कार्यान्वयनमा आएसँगै विदेशी कर्मचारीको भिसा प्रक्रियामा नयाँ व्यवस्था लागू गरिएको हो ।
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ वर्षको उमङ्ग र यात्रालाई अझ उत्साहजनक बनाउन कम्पनीले आकर्षक पुरस्कारसहितको यो योजना ल्याएको हो ।
काठमाडौं । नेपालको अग्रणी घरायसी उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान ‘एक्स्पेरियन्स लाइफ विथ सीजी’ घोषणा गरेको छ । यस अभियान अन्तर्गत कम्पनीले ‘भरोसा नेपालीको उत्सव नयाँ वर्षको’ भन्ने विशेष नाराका साथ उपहार योजनाको समेत भव्य सुरुवात गरेको छ ।
काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको सङ्ख्या १ लाख ५० हजार पुगेको अवसरमा भव्य ‘सेलिब्रेसन’ राइड आयोजना गरेको छ । नेपाली बजारमा एनटर्कले हासिल गरेको यो ऐतिहासिक सफलतालाई उत्सवका रूपमा मनाउन शनिवार विशेष ‘एनटर्क ओनर्स ग्रुप’ (एनओजी) राइडको आयोजना गरिएको हो ।
काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित पाँच व्यवस्थापकलाई सात दिने स्पष्टिकरण सोधेको छ । प्राधिकरणले कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा सात दिने स्पष्टिकरण सोधेको हो ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता र कार्यसम्पादनलाई नतिजामुखी बनाउन ३२ बुँदे विस्तृत कार्ययोजनासहितको निर्देशन जारी गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत मन्त्री श्रेष्ठले मातहतका निकायलाई समय सीमा नै तोकेर काम अघि बढाउन निर्देशन दिएका हुन् ।
काठमाडौं । नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले अघि सारेको रूपान्तरणकारी पहल अब व्यवहारमा देखिन थालेको छ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुऱ्याउने महत्वाकांक्षी योजनाअन्तर्गत राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जस्ता अत्यावश्यक कागजातहरू अब घरमै पुग्न थालेका हुन् ।
एजेन्सी । एप्पलका भेन्डरहरूले आर्थिक वर्ष २०२६ मै चीनतर्फ २.५ अर्ब डलर बराबरको पाटपुर्जा सब–एसेम्बलीहरू निर्यात गरेर कीर्तिमान कायम गरेका छन् । अधिकारीहरू र उद्योगका कार्यकारीहरूका अनुसार, यसले गत वर्ष सूचना जारी गरिएको सरकारको इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किमको प्रारम्भिक सफलतालाई संकेत गर्छ ।
काठमाडौं । कान्तिपुर दैनिकको रिक्त प्रधान सम्पादक पदमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले खुला प्रतिस्पर्धाका माध्यमबाट उनलाई सो जिम्मेवारी सुम्पेको हो । तत्कालीन प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएपछि कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो । प्राप्त १७ वटा आवेदनमध्येबाट अन्तिम सूचीमा परेका तीनजनाबाट अवस्थी छानिएका हुन् ।
काठमाडौं । विश्वव्यापी ऊर्जा परिदृश्य अहिले ठूलो परिवर्तनबाट गुज्रिरहेको छ । यो परिवर्तन नवीकरणीय स्रोतहरूतर्फ हुने संक्रमणले मात्र नभई परम्परागत आपूर्ति मार्गहरूको बढ्दो अस्थिर प्रकृतिले पनि परिभाषित छ । यस रूपान्तरणको केन्द्रमा नाइजेरिया–मोरक्को ग्यास पाइपलाइन (एनएमजीपी) रहेको छ । यस परियोजनालाई कुनै समयमा असम्भव सपनाको रूपमा खारेज गरिएको थियो ।