npl.977 Nepal News Stream

नेपाल न्युज logo

नेपाल न्युज

विदेशबाट फर्किएका भीम, घुम्तीगोठले बनाए आत्मनिर्भर

नेपालन्युज | 32 minutes ago
म्याग्दी । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्‍यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घर व्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निराश भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रा पालन गर्ने सोच पलायो ।

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

नेपाल न्युज | 54 minutes ago
धनुषा। मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ। गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्।

प्रतिनिधिसभाका १२ समितिको निर्वाचन आज

नेपालन्युज | 1 hour ago
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ संयुक्त समितिले आज नयाँ सभापति पाउँदैछन्। सम्बन्धित समितिहरूको बैठकमा आज सभापति निर्वाचनको कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार नै सबै समितिका सभापति पदका लागि मनोनयन दर्ता भइसकेको छ।

संसदीय समितिका सभापतिको निर्वाचन आज

नेपालन्युज | 1 hour ago
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ संयुक्त समितिले आज नयाँ सभापति पाउँदैछन्। सम्बन्धित समितिहरूको बैठकमा आज सभापति निर्वाचनको कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार नै सबै समितिका सभापति पदका लागि मनोनयन दर्ता भइसकेको छ।

काठमाडौँ महानगरद्वारा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

नेपालन्युज | 1 hour ago
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।

इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी

नेपालन्युज | 2 hours ago
तेहरान । संयुक्त राज्य अमेरिकाले इरानमाथि हवाई आक्रमण पुनः सुरु गर्ने चेतावनी दिएको छ । तेहरानले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न अस्वीकार गरे इरानमाथि नौसैनिक नाकाबन्दी गरिने पनि चेतावनी दिएको छ । पाकिस्तानको सेनाका प्रभावशाली प्रमुखले तेहरानमा इरानका शान्ति वार्ताकारहरूको भ्रमण गरेपछि यो चेतावनी आएको हो ।

आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरुसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ। त्यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताए।

गैर पर्यटकीय भिसा सिफारिस अब पर्यटन मन्त्रलयबाटै

नेपालन्युज | 2 hours ago
काठमाडौं । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत विदेशी जनशक्तिको गैर-पर्यटकीय भिसा सिफारिस प्रक्रियालाई सरकारले थप परिमार्जनसहित व्यवस्थित बनाएको छ । ‘हवाई सेवा व्यवस्थापन नियमावली, २०८२’ कार्यान्वयनमा आएसँगै विदेशी कर्मचारीको भिसा प्रक्रियामा नयाँ व्यवस्था लागू गरिएको हो ।

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ। विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसिमा तोकेको हो।

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन 

नेपालन्युज | 3 hours ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ। घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए।

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम

नेपालन्युज | 3 hours ago
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले इजरायली नागरिकमा संशय र असन्तुष्टि पैदा गरेको छ । युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायलको उत्तरी क्षेत्रमा लेबनानबाट रकेट प्रहार जारी रहँदा सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारी कदमप्रति प्रश्न उठाएका हुन् ।

केही स्थानमा वर्षा र हिमपात, तराईमा भने गर्मीको सम्भावना

नेपाल न्युज | 3 hours ago
काठमाडौँ। हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ। हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ। कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आइपिएलमा मुम्बईको लगातार चौथो हार

नेपालन्युज | 3 hours ago
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बिहीबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध ७ विकेटको जित निकालेको हो ।

आज आमाको मुख हेर्ने दिन

नेपाल न्युज | 3 hours ago
काठमाडौँ। प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

सिरहामा सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

नेपाल न्युज | 3 hours ago
सिरहा। जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो।

कृषिमन्त्री चौधरीको निर्देशनमा बागमती स्वीट्स प्रालिमा शिलबन्दी

नेपाल न्युज | 3 hours ago
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ। गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो।

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

नेपाल न्युज | 3 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ।

Explore news by Category