npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

संसदीय समितिका सभापतिको निर्वाचन आज

नेपालन्युज 2 hours ago

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ संयुक्त समितिले आज नयाँ सभापति पाउँदैछन्। सम्बन्धित समितिहरूको बैठकमा आज सभापति निर्वाचनको कार्यसूची तय गरिएको छ।

संघीय संसद सचिवालयका अनुसार बिहीबार नै सबै समितिका सभापति पदका लागि मनोनयन दर्ता भइसकेको छ। कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको उम्मेदवारी परेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि ओजस्वी शेरचन र गुरु बराल बीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग तथा वाणिज्य समितिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ।

संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की र मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी परेको छ।

आज बस्ने बैठकमा मनोनयन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने र सभापतिहरू निर्वाचित भएको औपचारिक घोषणा गरिने संसद सचिवालयले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category