npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

नेपाल न्युज 2 hours ago

धनुषा। मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ।

गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्।

आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो।

यसैबीच, क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए। आगलागीको कारण खुलेको छैन।

Read more news from नेपाल न्युज

Explore by Source or Category