npl.977 Nepal News Stream

Taksar News logo

Taksar News

अर्थराजनीतिक दिशानिर्देश

आजका लागि विदेशी मुद्राको विनिमयदर तय, अमेरिकी डलरको भाउ बढ्यो

टक्सार न्युज | 3 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । आज अमेरिकी डलरको भाउ बढेर अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा थियो ।

मंगलबारको राशिफल, कस्तो छ तपाईको आज ?

टक्सार न्युज | 7 hours ago
२०८२ पुष ८ गते मंगलबारको राशिफल मेष मेष राशि भएकाहरूका लागि आज शुभ रहेको छ । मान प्रतिष्ठा इज्जत बढ्नेछ । मनमा शान्ति मिल्नेछ । आँटेको काम पुरा हुनेछ । पढाइमा सफलता मिल्नेछ । भाग्यले साथ दिने छ । वृष वृष राशि भएकाहरुको लागि आजको दिन सामान्य रहेको छ । मानसम्मान मिल्नेछ ।

सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत

टक्सार न्युज | 18 hours ago
काठमाडाैँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् । उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए।

सामुदायिक वनको तीन लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा डोटीका तीन पदाधिकारीविरुद्ध मुद्दा

टक्सार न्युज | 18 hours ago
काठमाडाैँ । डोटीको एक सामुदायिक वन उपभोक्ता समितिमा भएको आर्थिक अनियमिततासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

टक्सार न्युज | 18 hours ago
रुपन्देही । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले लुम्बिनीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

महाराजगञ्जमा देउवा र ओलीबिच भेटवार्ता

टक्सार न्युज | 18 hours ago
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। ओली देउवासँग छलफलका लागि महाराजगञ्जस्थित देउवानिवास पुगेका हुन्। भेटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी रहेका छन्। देउवापक्षबाट उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा उपस्थित थिइन्। शीर्ष नेताहरूबिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेप्से १३ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी

टक्सार न्युज | 18 hours ago
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ उपसमुहको सेयरमूल्य घटेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त, २४ मध्ये २० आयोजना अझै अपूर्ण

टक्सार न्युज | 19 hours ago
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै आए पनि ती आयोजनाको समग्र प्रगति भने सन्तोषजनक देखिएको छैन । २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये उत्तर–दक्षिण करिडोर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक २० ओटा आयोजना अझै समयमै सम्पन्न हुन सकेका छैनन् ।

नेपालको वैदेशिक व्यापार २० प्रतिशतले बढ्यो

टक्सार न्युज | 19 hours ago
काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको ५ महिनामा ८ खर्ब ८२ अर्ब रूपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने

टक्सार न्युज | 19 hours ago
काठमाडाैँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको छ ।

विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार ओटा ऐन संशोधन हुँदै

टक्सार न्युज | 20 hours ago
काठमाडाैँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चार ओटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार

टक्सार न्युज | 20 hours ago
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा सुरू भएको छ । आगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिनेछ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी

टक्सार न्युज | 20 hours ago
काठमाडाैँ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौँको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । पदाधिकारीका सबै पदमा सम्पन्न निर्वाचनमा अध्यक्ष गिरीसँगै प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा ईश्वरीप्रसाद मारासिनी, सचिवमा धनञ्जय पौडेल, सहसचिवमा राजन शिवाकोटी, कोषाध्यक्षमा गोविन्द पौडेल तथा लेखा समिति संयोजकमा निषा सापकोटा निर्वाचित भएकी छन्।

सर्वोच्चलाई कानून व्यवसायीहरूको आग्रहः प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो निर्क्यौल गरियोस्

टक्सार न्युज | 20 hours ago
काठमाडाैँ । कानून व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।

एमसीए नेपालअन्तर्गत धानखोला–लमही र नारायणघाट–मुग्लिन सडक मर्मतका दुई ठूला आयोजनामा सम्झौता

टक्सार न्युज | 21 hours ago
काठमाडाैँ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ ।

सरकारले तोक्यो खाद्यान्न र बीउबिजनको बिक्री मूल्य, कुनको मूल्य कति ?

टक्सार न्युज | 22 hours ago
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउ–बिजन र विभिन्न बालीजन्य कृषि उपजको नयाँ बिक्रीमूल्य तोकेको छ। गत मंसिर २८ मा भएको मन्त्रीस्तरीय निर्णयअनुसार स्वीकृत उक्त मूल्यसूची लागू भएसँगै धान, गहुँ, मकै, दलहन तथा तेलहन बालीका बीउहरू अब नयाँ दरमा बिक्री हुने भएका छन्।

१५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा

टक्सार न्युज | 22 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गरे। महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए ।

सहकारी बैंकमाथि राष्ट्र बैंकको कडाइ, पूँजीदेखि कर्जासम्म नयाँ सीमा लागू

टक्सार न्युज | 23 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने गरी इजाजतपत्रप्राप्त सहकारी बैंकहरूका लागि कडा नियमन व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले ‘सीमित बैंकिङ कारोबार गर्ने गरी इजाजतपत्रप्राप्त सहकारी बैंकका लागि निर्देशन, २०८२’ जारी गर्दै सहकारी बैंकहरूको पूँजी, कर्जा, तरलता, ब्याजदर र सुशासनमा उल्लेखनीय कडाइ गरेको हो।

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन

टक्सार न्युज | 23 hours ago
काठमाडाैँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा वाइपास सुरुङको पनि निर्माण सकिएको छ ।

विपद् व्यवस्थापनमा पूर्वानुमान–आधारित पूर्वकार्यलाई संस्थागत र व्यापक बनाउने सरकारको प्रतिबद्धता

टक्सार न्युज | 23 hours ago
काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमवार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्।

Explore news by Category