टक्सार न्युज
|
4 hours ago
२०८३ वैशाख ५ गते शनिबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला ।
टक्सार न्युज
|
9 hours ago
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहर गरेको छ । कांग्रेसको आधिकारिकता विवादको आज फैसला सुनाउँदै सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरिदिएको छ । यससँगै नेपाली कांग्रेसमा गगन थापाको नेतृत्वले अदालतबाट पनि आधिकारिकता पाएको छ ।
टक्सार न्युज
|
10 hours ago
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष श्रेष्ठले आज बेलुकी ९ बजेपछि अर्थ मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । अध्यक्ष श्रेष्ठले अर्थ मन्त्रालयमा राजीनामा बुझाएको अर्थमन्त्रीकाे सचिवालयले पुष्टि गरेको छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।
टक्सार न्युज
|
11 hours ago
काठमाडौँ । इरानले युद्धविरामको बाँकी अवधिभर स्ट्रेट अफ हर्मुज खुल्ला गरेको घोषणा गरेको छ । इरानका विदेश मन्त्रीले युद्धविरामको बाँकी अवधिभर स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहेको बताएका हुन् । ६ हप्तादेखि अमेरिका इजरायल र इरानबिचको युद्धमा अहिले युद्धविराम छ । यद्यपी तनाव भने कायमै छ ।
टक्सार न्युज
|
15 hours ago
काठमाडौं । निजी विद्यालयसँग सम्बन्धित प्रमुख संघ–संस्थाहरूले विद्यालय शुल्कसम्बन्धी विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको भ्रामक तथा अतिरञ्जित सामग्रीप्रति गम्भीर आपत्ति जनाएका छन्।
टक्सार न्युज
|
15 hours ago
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत संसदीय समितिहरूले पूर्णता पाएका छन् । १२ ओटा समितिले सभापति चयन गरेसँगै संसदीय समितिले पूर्णता पाएका हुन् । १० वटा समितिमा सर्वसम्मत सभापति चयनभएका छन् भने दुई ओटामा निर्वाचन भएको थियो ।
टक्सार न्युज
|
16 hours ago
काठमाडाैँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित भएका छन् । शुक्रबार समिति बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्रै उम्मेदवारी परेकाले निविरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
टक्सार न्युज
|
16 hours ago
काठमाडौं। स्थानीय उत्पादनको प्रवर्द्धन र मौलिक खानपानको संरक्षण गर्ने उद्देश्यसहित “स्थानीय उत्पादन र मौलिक परिकार प्रबर्द्धन मेला २०८३–०८४” आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सुरु हुन लागेको यो मेला काठमाडौंको बानेश्वरस्थित मौलिक बजार तथा मौलिक भान्छाघर परिसरमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
टक्सार न्युज
|
17 hours ago
काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
टक्सार न्युज
|
17 hours ago
काठमाडौँ । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को चौथो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्याङ्क समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ ।
टक्सार न्युज
|
18 hours ago
काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
टक्सार न्युज
|
19 hours ago
सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई ‘तयारी’ मा मात्र सीमित नराखी “तत्काल परिचालन” केन्द्रित रणनीतिमा लैजाने बताएका छन्। कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औँ स्थापना दिवसमा उनले यस्तो बताएका हुन्।
टक्सार न्युज
|
19 hours ago
काठमाडौं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मीठा–मीठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ ।
टक्सार न्युज
|
19 hours ago
काठमाडाैँ । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
टक्सार न्युज
|
20 hours ago
काठमाडौं। विश्व बजारमा कच्चा तेलको आपूर्ति असहज भएसँगै मूल्यमा भएको अस्वाभाविक वृद्धिको प्रभाव नेपालमा पनि देखिएको छ। यही क्रममा नेपाल आयल निगमले २०८३ वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र प्रभावित बनेको छ।
टक्सार न्युज
|
21 hours ago
काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख २ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९९ हजार ८०० रूपैयाँ कायम भएको छ ।
टक्सार न्युज
|
21 hours ago
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओे) मा तारा मानन्धर नियुक्त भएका छन् । वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सिइओ नियुक्त गरेको हो । वर्तमान सिइओ प्रद्युमन पोखरेलको कार्यकाल सकिन लागेपछि मानन्धर नयाँ सिइओ नियुक्त भएका हुन् ।
टक्सार न्युज
|
21 hours ago
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् । सो क्रममा उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको उनले बताए ।
टक्सार न्युज
|
21 hours ago
काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक खर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोेलकबोलको माध्यमबाट ५६ दिनको लागि निक्षेप संकलन गर्ने भएको हो । यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ जेठ २९ गते भुक्तानी गर्ने जनाएको छ ।
टक्सार न्युज
|
1 day ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । आज अमेरिकी डलरको मूल्य घटेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा रहेकोमा आज एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा छ ।