npl.977 Nepal News Stream

Taksar News logo Taksar News

सङ्घीय संसद्अन्तर्गत संसदीय समितिले पाए पूर्णता

टक्सार न्युज 4 hours ago

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत संसदीय समितिहरूले पूर्णता पाएका छन् । १२ ओटा समितिले सभापति चयन गरेसँगै संसदीय समितिले पूर्णता पाएका हुन् ।

१० वटा समितिमा सर्वसम्मत सभापति चयनभएका छन् भने दुई ओटामा निर्वाचन भएको थियो ।

रास्वपाबाट राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी, सर्वसम्मत निर्वाचित भए ।

संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाकै बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी स्र्वसम्मत भएका छन् ।

यस्तै कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी सभापतिमा सर्वसम्मत भएका छन् ।

सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत भएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन सभापतिमा भने निर्वाचन भएको छ ।

रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवारी परेकोमा रास्वपाका कार्की निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि निर्वाचना भएको छ ।

समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेकोमा रास्वपाकी शेरचना सभापतिमा निर्वाचित भएकी छन् ।

Read more news from Taksar News

Explore by Source or Category