npl.977 Nepal News Stream

Taksar News logo Taksar News

आमाको मुख हेर्ने दिन आजः मातातीर्थमा भीड

टक्सार न्युज 9 hours ago

काठमाडौं ।

आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन ।

देशभर आमालाई मीठा–मीठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्पराअनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।

आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

–न्युज एजेन्सी नेपाल

Read more news from Taksar News

Explore by Source or Category