भवानी प्रसाद पाण्डे
|
7 hours ago
अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै ३ करोडभन्दा बढी मानिसका लागि सतर्कता सूचना जारी गरिएको छ। क्यालिफोर्नियास्थित रेडिङ सहरमा भारी वर्षापछि खतरनाक बाढी आएको हो। आगामी केही दिनसम्म भारी वर्षा र आकस्मिक बाढीको सम्भावना रहेकाले राज्यभर सतर्कता अपनाउन भनिएको छ।
भवानी प्रसाद पाण्डे
|
8 hours ago
रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक उच्चपदस्थ रुसी जर्नेलको मृत्यु भएको छ। रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन्। रुसी अनुसन्धान समितिका अनुसार, सशस्त्र बलको सञ्चालनात्मक तालिम विभागका प्रमुख लेफ्टिनेन्ट जर्नेल फानिल सरवारोभको आफ्नो कारमुनि जडान गरिएको विस्फोटक पदार्थ विष्फोट हुँदा मृत्यु भएको हो।
भवानी प्रसाद पाण्डे
|
8 hours ago
अमेरिकामा तौल घटाउने औषधिको ‘पिल’ (गोली) संस्करणले आधिकारिक मान्यता पाएको छ। तौल घटाउन प्रयोग गरिने औषधि ‘वेगोभी’ को ट्याब्लेट संस्करणलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो। डेनमार्कस्थित औषधि उत्पादक कम्पनी नोभो नोर्डिस्कका अनुसार, एफडीएको यो स्वीकृतिसँगै वेगोभी तौल घटाउने औषधिहरूमा स्वीकृति पाउने पहिलो ‘ओरल’ (मुखबाट सेवन गरिने) औषधि बनेको छ।
भवानी प्रसाद पाण्डे
|
9 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको बताएका छन्। उनले अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नैपर्ने टिप्पणी गर्दै भने, “हामीलाई ग्रीनल्याण्ड खनिजका लागि मात्र होइन, मुख्यतया राष्ट्रिय सुरक्षाका लागि चाहिएको हो।” उनले उक्त क्षेत्रमा चिनियाँ र रुसी जहाजहरूको बढ्दो उपस्थिति सम्भावित खतरा हुनसक्ने समेत उल्लेख गरे।
सुरज घिमिरे
|
18 hours ago
डेनमार्क र अमेरिकाबीच ग्रीनल्याण्डलाई लिएर कूटनीतिक तनाव चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेपछि डेनमार्कले अमेरिकाका राजदूतलाई बोलाउने तयारी गरेको छ। राष्ट्रपति ट्रम्पले आइतबार लुइजियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेका हुन्। ग्रीनल्याण्ड डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र हो।
सुरज घिमिरे
|
19 hours ago
अष्ट्रेलियाको सिड्नीस्थित बोण्डाई बीचमा १५ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणका अभियुक्त नवीद अक्रमले आफ्ना बुवासँगै न्यु साउथ वेल्स राज्यमा हतियार चलाउने तालिम लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार सार्वजनिक गरिएका अष्ट्रेलियन प्रहरीका दस्तावेजहरूले उक्त आक्रमण लामो समयदेखि योजनाबद्ध रूपमा गरिएको पुष्टि गरेको छ ।
सुरज घिमिरे
|
19 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाबाट स्वेच्छिक रूपमा देश छाड्ने (आत्मनिर्वासन गर्ने) आप्रवासीहरूलाई दिने आर्थिक सहायता तीन गुणा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार उक्त निर्णय सार्वजनिक गरेको हो।
सुरज घिमिरे
|
23 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनसहित २९ देशका कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । विदेशमा अमेरिकाको कूटनीतिक रणनीति पुनः आकार दिने क्रममा २९ जना राजदूत तथा अन्य दूतावासका वरिष्ठ पदमा रहेका कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो ।
खसोखास रिपोर्टर
|
1 day ago
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।
सुरज घिमिरे
|
1 day ago
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिशले जेफ्री एपस्टिनसम्बन्धी सार्वजनिक गरिएका फाइलहरूबाट अस्थायी रूपमा हटाइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोटो पुनः वेबसाइटमा राखेको छ। डिपार्टमेन्टका अनुसार समीक्षा पश्चात् उक्त तस्बिरमा एपस्टिनका कुनै पनि पीडित देखिएका छैनन् भन्ने निष्कर्षमा पुगेपछि फोटो पुनः सार्वजनिक गरिएको हो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकाको मिनेसोटा राज्यको राजधानी सेन्ट पलमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टले गोली चलाएका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार, कागजातविहीन रूपमा बसिरहेका एक क्युबाली आप्रवासीले आफ्नो गाडीले ‘आइस’ एजेन्ट र अन्य अधिकारीहरूलाई ठक्कर दिएपछि प्रतिरक्षामा (आइस) का एजेन्टले गोली चलाइएको हो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब १२ जना अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली चलाएका थिए। मृतकमध्ये ७ पुरुष र २ महिला रहेका छन्।
भवानी प्रसाद पाण्डे
|
1 day ago
साउदी अरेबियामा मृत्युदण्डका घटना वर्षेनी बढ्दै गएका छन्। साउदी अरेबियाले लगातार दोस्रो वर्ष वार्षिक रूपमा दिइने मृत्युदण्डको संख्यामा आफ्नै कीर्तिमान तोडेको छ। बेलायतस्थित मानवअधिकार अभियान समूह ‘रिप्रिभ’ का अनुसार यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइसकिएको छ। यो संख्या सन् २०२४ मा भएको ३४५ को तुलनामा बढी हो।
सुरज घिमिरे
|
1 day ago
अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई घरबारविहीन व्यक्तिहरूका लागि स्थायी आवास र अन्य सेवाहरू प्रदान गर्ने ३ बिलियन डलरभन्दा बढी अनुदान कोषमा नयाँ प्रतिबन्धहरू लगाउनबाट रोकेकी छन्।
किशोर पन्थी
|
1 day ago
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डाइभर्सिटी भिसाबाट आएका व्यक्तिहरू सबै खराब हुने भएकाले यो कार्यक्रम स्थगित गरिएको नभई यसको जाँचबुझ प्रक्रियामा रहेका कमजोरीहरू निक्र्यौल गर्न रोकिएको बताएका छन्। विदेश मन्त्रालयको प्रेस ब्रिफिङ रुममा पत्रकारहरूसँग कुरा गर्दै उनले डिभीबाट आएका सबैले गोलीकाण्ड मच्चाउँछन् भन्ने तर्कका आधारमा कार्यक्रम स्थगित नगरिएको स्पष्ट पारे।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क राज्यको गभर्नर पदका लागि नासाउ काउन्टीका रिपब्लिकन कार्यकारी ब्रुस ब्लेकम्यानलाई समर्थन गर्ने घोषणा गरेका छन्। ट्रम्पकी लामो समयदेखिकी सहयोगी सांसद एलिस स्टेफानिकले गभर्नरको दौडबाट बाहिरिने निर्णय गरेको भोलिपल्टै यो घोषणा आएको हो। न्युयोर्क राज्यको गभर्नरका लागि आगामी शरद ऋतुमा निर्वाचन हुँदैछ। ट्रम्पको यो समर्थनलाई राजनीतिक वृत्तमा अपेक्षित मानिएको छ।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको विस्तृत समीक्षा (रिभ्यु) गर्ने घोषणा गरेका छन्। गत साता सिड्नीको बोण्डाई बीचमा भएको भीषण आक्रमणपछि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन यो कदम चालिएको हो। गत आइतबार भएको उक्त आतङ्ककारी घटनाले देशको सुरक्षा वातावरण कति छिटो परिवर्तन भइरहेको छ भन्ने कुरालाई उजागर गरेको प्रधानमन्त्री अल्बानीजले बताए।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकाको क्यालिफोर्नियामा चाँडै पेट्रोलको अभाव हुन सक्ने सम्भावना देखिएको छ। देशकै सबैभन्दा महँगोमध्ये पर्ने यहाँको पेट्रोलको मूल्य, अभावका कारण अझै बढ्न सक्ने देखिन्छ। राज्यका पेट्रोलियम पदार्थका रिफाइनरीहरू (तेल प्रशोधन केन्द्र) वर्षौँदेखि बन्द हुँदै आएका छन्। यसै क्रममा अब थप दुई रिफाइनरी बन्द हुने तयारीमा छन्।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकामा विवादास्पद यौनकाण्डसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टनको नाम पनि जोडिएको छ। जेफ्री एप्स्टिनसँग सम्बन्धित सामग्रीहरू लगातार सार्वजनिक भए पनि धेरै मानिसहरू भने निराश भएका छन्। विशेष गरी यो फाइलको प्रतीक्षा गरिरहेकाहरूमा निराशा बढी देखिएको छ।
किशोर पन्थी
|
2 days ago
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रम स्थगित गरेलगत्तै अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ। अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरिएको पुष्टि गरेको हो।