गण्डक न्यूज
|
9 hours ago
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुभव नभएका नयाँ पात्रहरूको राजनीतिक उदयले राष्ट्रिय एकता र सार्वभौमिकतामा गम्भीर प्रश्नचिह्न खडा गरेको बताएकी छन् । ‘भूमिगत महिला’ नामक पुस्तकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह प्रति लक्षित गर्दै देशको सार्वभौमिकता प्रति चिन्ता व्यक्त गरेकी हुन् ।
गण्डक न्यूज
|
9 hours ago
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताएकी छिन् ।
गण्डक न्यूज
|
9 hours ago
नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले संस्थागत निर्णयबीनै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै अहिलेको मुख्य आवश्यकता दलहरूले आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटपछि वाम एकताको चर्चा चुलिएसँगै ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
गण्डक न्यूज
|
10 hours ago
अछाम । एक भारी घाँसका लागि कर्णाली तरेका अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाको अवस्था अझै अज्ञात छ। बिहीबार साँझ सुर्खेतबाट घाँस लिएर फर्कने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका उनीहरूको खोजीमा अहिले सुरक्षा निकायका आधा दर्जन युनिट परिचालन गरिएका छन्।
राम बहादुर रोकाहा
|
19 hours ago
सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भने स्थानीय आवश्यकता अनुसार समयअघि नै कार्यक्रम अघि बढाउने भएको छ । नगरपालिकाले आज शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तथा वैशाख १४ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
गण्डक न्यूज
|
1 day ago
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूले सुरु गरेको हाइप्रोफाइल पक्राउ शृङ्खलामा अदालतले ब्रेक लगाइदिएपछि असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकारहरूले उनलाई प्रश्न गरे, ‘तपाईँको रफ्तार स्लो डाउन भएको हो ?‘जवाफमा मन्त्री गुरुङले हाँस्दै भने, ‘खोइ त, अदालतले छाड्ने रहेछ ।
गण्डक न्यूज
|
1 day ago
काठमाडौं । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गण्डक न्यूज
|
1 day ago
पोखरा । १० औं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर हिमश्री फुड्स प्रा.लि.को सर्वप्रिय उत्पादन रारा तयारी चाउचाउले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको छ ।
गण्डक न्यूज
|
1 day ago
काठमाडौं : सरकारले डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँ बढाएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको सूचनामा डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी दिएको हो। योसँगै काठमाडौं, पोखरा, दिपायलमा डिजेलको मूल्य बुधबार मध्यरातिबाट प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात समेत डिजेलमा प्रति लिटर ९९.१६ रुपैंयाले अझै घाटा हुने निगमको भनाई छ।
गण्डक न्यूज
|
1 day ago
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अहिले आम निर्वाचन २०८२ मा बेहोरेको पराजयपछि समीक्षा प्रक्रियामा प्रवेश गरेको बताएका छन्। निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने जानकारी समेत दिए।
गण्डक न्यूज
|
1 day ago
सरकारले २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजत्वकमा चार सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।
गण्डक न्यूज
|
1 day ago
प्रधानमन्त्री बालेन शाहले बिहीबार दिउँसो मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्री शाहले दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। मुख्यमन्त्रीहरूका कुरा सुन्ने गरी प्रधानमन्त्री शाहले छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
राम बहादुर रोकाहा
|
1 day ago
स्याङ्जाको बिरुवा गाउँपालिका–७ चित्लाङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले नयाँ वर्षको दिन वैशाख १ गते घरमा लुकाइछिपाइ राखिएको अवस्थामा हतियार फेला पारेपछि स्थानीय ४६ वर्षीय केशबहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो ।
राम बहादुर रोकाहा
|
1 day ago
स्याङ्जाको वालिङ खेलमैदानमा सञ्चालन भइरहेको फर्स्ट एक्स्पो वैशाख ५ गतेसम्म जारी रहने भएको छ । दर्शकको उत्साहजनक सहभागिता र मागलाई ध्यानमा राख्दै एक्स्पोको अवधि तीन दिन थप गरिएको आयोजकले जनाएको छ । ओमकार इभेन्ट हबको आयोजनामा चैत्र २६ गतेदेखि सुरु भएको एक्स्पो यसअघि वैशाख २ गतेसम्म सञ्चालन गर्ने तय गरिएको थियो ।
रञ्जन अधिकारी
|
2 days ago
गण्डक न्यूज
|
2 days ago
गण्डक न्यूज
|
3 days ago
गण्डक न्यूज
|
3 days ago
गण्डक न्यूज
|
3 days ago
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको सन्देश दिँदै उनले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सार्थक सहकार्य आवश्यक रहेको बताएका छन्।
गण्डक न्यूज
|
3 days ago