npl.977 Nepal News Stream

GandakNews logo

GandakNews

Gandak News: Gandaki News | GandakiNews | News Gandaki | News Gandak | Gandaki Samachar | Leading News Pokhara | No. 1 News from Pokhara, Gandaki, Nepal

प्रतिभा मावि १८ औं हिसान कास्की स्पोर्ट्स मीट च्याम्पियन, लगातार ४ वर्ष उपाधि जित्न सफल

गण्डक न्यूज | 11 hours ago
पोखरा। प्रतिभा माविले लगातार चौथो पटक हिसान स्पोर्ट्स मीटको उपाधि जितेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ स्पोर्ट्स मीटको उपाधि ४ वर्ष लगातार जित्दै प्रतिभाले न्यू ग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत गरेको छ ।

अर्जुनचौपारीमा रनिङ शिल्डसँगै शैक्षिक महोत्सव सुरु

राम बहादुर रोकाहा | 14 hours ago
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । यहाँको वडा नम्बर १ स्थित पालिका खेलमैदानमा सुरु भएको प्रतियोगिताले गाउँपालिकाभरिका विद्यार्थीलाई एकै ठाउँमा जोडेको छ ।

राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान

गण्डक न्यूज | 18 hours ago
नेपाली फुटबलको इतिहासमा पहिलो पटक कास्की सहित गण्डकी प्रदेशबाट पहिलो पटक प्रतिष्ठित प्रतियोगिता राष्ट्रिय लिगमा पोखराको लालीगुराँस (एलजी) एसोसियसन क्लब सहभागी हुन लागेको छ ।

हिमालय क्रिकेट एकेडेमी कपको उपाधि डायमण्डलाई

गण्डक न्यूज | 18 hours ago
पोखरा । हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

देशभर १० लाख १६ हजार बढी मतदाता थपिए

गण्डक न्यूज | 18 hours ago
काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो ।

पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी

गण्डक न्यूज | 18 hours ago
पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आगामी विहिबार सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुस १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताए ।

राम्दी घाटको अव्यवस्थाले अन्तिम संस्कारमै सास्ती

राम बहादुर रोकाहा | 19 hours ago
जन्म र मृत्यु मानव जीवनका अनिवार्य पाटो हुन् । जीवनयात्रा समाप्त भएपछि सबैको अन्तिम गन्तव्य एउटै स्थानमा पुग्छ । तर कतिपय ठाउँमा दाहसंस्कार गर्ने घाट अव्यवस्थित हुँदा अन्तिम संस्कार नै कष्टकर बन्ने गरेको छ ।

‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक

गण्डक न्यूज | 1 day ago
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भोलि हुने भनिएको शैक्षिक हड्तालमा विद्यालय बन्द नगर्ने बताएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको थियो । त्यसबारे प्याब्सन र एनप्याब्सनले आइतबार साँझ छलफल पनि गरेका थिए । तर, उनीहरूले विद्यालय बन्द वा खुल्नेबारे केही औपचारिक निर्णय भने गरेका छैनन् ।

भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

गण्डक न्यूज | 1 day ago
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए ।

प्रधानमन्त्री शुशिला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

गण्डक न्यूज | 1 day ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा.

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदको हस्ताक्षर

गण्डक न्यूज | 1 day ago
प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ। एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

राम बहादुर रोकाहा | 1 day ago
धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१३ छहरीखोलास्थित सामुदायिक बनमा सालको रूख काट्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा ४८ वर्षीय पूर्णबहादुर अधिकारी घाइते भएका थिए ।

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

राम बहादुर रोकाहा | 1 day ago
स्याङ्जाको हरिनास गाउँपालिकामा आयोजित अन्तर विद्यालयस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृती माध्यमिक विद्यालयले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरिनास गाउँपालिकास्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा जनजागृती माविले ८ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १६ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

राम बहादुर रोकाहा | 2 days ago
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरबाट छ सय ३१ जना नागरिक लाभान्वित भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि अर्जुनचौपारीका साथै छिमेकी पुतलीबजार र भीरकोट नगरपालिकाबाट समेत सेवाग्राही शिविरमा पुगेका थिए । खुमा अर्याल फाउन्डेसनले अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवन प्राङ्गणमा शिविर आयोजना गरेको हो ।

युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर

गण्डक न्यूज | 2 days ago
पोखरा । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् ।

सहकार्य गर्न चाहने दलहरूलाई रविले भने– चुनावका लागि मात्रै हो भने ‘आई एम सरी’

गण्डक न्यूज | 2 days ago
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले सहकार्य गर्न चाहेका पार्टीहरूबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा रिहा भएपछि पहिलोपटक चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले भने, ‘मिल्न चाहने सबैलाई भन्छु जे चाहिन्छ दिन्छु, पार्टी चाहिन्छ दिन्छु, चुनावचिह्न दिन्छु, अध्यक्ष चाहिन्छ दिन्छ, उपाध्यक्ष चाहिन्छ दिन्छु तर देश बन्नुपर्छ ।

फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत

राम बहादुर रोकाहा | 2 days ago
स्याङ्जाको फेदीखोला गाउँपालिकाले कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिकास्तरीय पाँचौ कृषि मेला प्रदर्शनी सम्पन्न गरेको छ । “कृषि व्यवसायीकरणमा हाम्रो अभियान, कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन” भन्ने मूल नारासहित शुक्रबार फेदीखोला गाउँपालिका–२ स्थित फेदीखोला रंगशालामा सम्पन्न मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई केन्द्रमा राखेको थियो ।

भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

राम बहादुर रोकाहा | 3 days ago
मुक्तिनाथ विकास बैंकले स्याङ्जाको भीरकोट नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाक वितरण गरेको छ । बैंकले आधारभूत र माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै कापी, कलमलगायत शैक्षिक सामग्री र ट्रयाकसुटसहितको पोशाक उपलब्ध गराएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भीरकोट सामिप्य सदनको अगुवाइमा सहयोग वितरण गरिएको बैंकले जनाएको छ ।

सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

गण्डक न्यूज | 3 days ago
काठमाडौँ — सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

Explore news by Category