प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
गण्डक न्यूज
|
2 days ago
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्षले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका छन्। आज बिहान नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण, निर्विघ्नता रहोस् भन्ने कामना गरेका हुन्।
‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्,’ बालेनले शुभकामना दिँदै भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
