npl.977 Nepal News Stream

GandakNews logo

GandakNews

Gandak News: Gandaki News | GandakiNews | News Gandaki | News Gandak | Gandaki Samachar | Leading News Pokhara | No. 1 News from Pokhara, Gandaki, Nepal

‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक

गण्डक न्यूज | 13 hours ago
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भोलि हुने भनिएको शैक्षिक हड्तालमा विद्यालय बन्द नगर्ने बताएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको थियो । त्यसबारे प्याब्सन र एनप्याब्सनले आइतबार साँझ छलफल पनि गरेका थिए । तर, उनीहरूले विद्यालय बन्द वा खुल्नेबारे केही औपचारिक निर्णय भने गरेका छैनन् ।

भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

गण्डक न्यूज | 13 hours ago
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए ।

प्रधानमन्त्री शुशिला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

गण्डक न्यूज | 14 hours ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा.

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदको हस्ताक्षर

गण्डक न्यूज | 14 hours ago
प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ। एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

राम बहादुर रोकाहा | 16 hours ago
धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१३ छहरीखोलास्थित सामुदायिक बनमा सालको रूख काट्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा ४८ वर्षीय पूर्णबहादुर अधिकारी घाइते भएका थिए ।

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

राम बहादुर रोकाहा | 21 hours ago
स्याङ्जाको हरिनास गाउँपालिकामा आयोजित अन्तर विद्यालयस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृती माध्यमिक विद्यालयले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरिनास गाउँपालिकास्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा जनजागृती माविले ८ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १६ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

राम बहादुर रोकाहा | 1 day ago
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरबाट छ सय ३१ जना नागरिक लाभान्वित भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि अर्जुनचौपारीका साथै छिमेकी पुतलीबजार र भीरकोट नगरपालिकाबाट समेत सेवाग्राही शिविरमा पुगेका थिए । खुमा अर्याल फाउन्डेसनले अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवन प्राङ्गणमा शिविर आयोजना गरेको हो ।

युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर

गण्डक न्यूज | 1 day ago
पोखरा । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् ।

सहकार्य गर्न चाहने दलहरूलाई रविले भने– चुनावका लागि मात्रै हो भने ‘आई एम सरी’

गण्डक न्यूज | 1 day ago
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले सहकार्य गर्न चाहेका पार्टीहरूबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा रिहा भएपछि पहिलोपटक चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले भने, ‘मिल्न चाहने सबैलाई भन्छु जे चाहिन्छ दिन्छु, पार्टी चाहिन्छ दिन्छु, चुनावचिह्न दिन्छु, अध्यक्ष चाहिन्छ दिन्छ, उपाध्यक्ष चाहिन्छ दिन्छु तर देश बन्नुपर्छ ।

फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत

राम बहादुर रोकाहा | 2 days ago
स्याङ्जाको फेदीखोला गाउँपालिकाले कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिकास्तरीय पाँचौ कृषि मेला प्रदर्शनी सम्पन्न गरेको छ । “कृषि व्यवसायीकरणमा हाम्रो अभियान, कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन” भन्ने मूल नारासहित शुक्रबार फेदीखोला गाउँपालिका–२ स्थित फेदीखोला रंगशालामा सम्पन्न मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई केन्द्रमा राखेको थियो ।

भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

राम बहादुर रोकाहा | 2 days ago
मुक्तिनाथ विकास बैंकले स्याङ्जाको भीरकोट नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाक वितरण गरेको छ । बैंकले आधारभूत र माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै कापी, कलमलगायत शैक्षिक सामग्री र ट्रयाकसुटसहितको पोशाक उपलब्ध गराएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भीरकोट सामिप्य सदनको अगुवाइमा सहयोग वितरण गरिएको बैंकले जनाएको छ ।

सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

गण्डक न्यूज | 2 days ago
काठमाडौँ — सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित

गण्डक न्यूज | 2 days ago
काठमाडौँ — अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ ।

कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै

गण्डक न्यूज | 2 days ago
पोखरा । नेपाली कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् । खड्कालाई १ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कांग्रेस अनुशासन समितिले कारबाहीको निर्णय गरेको थियो । गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापालाई निर्वाचनमा हराउनका लागि भूमिका खेलेको आरोप खड्कालाई छ ।

धरौटीमा छुट्ने बित्तिकै रविले भने- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ

गण्डक न्यूज | 2 days ago
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन्। धरौटी बुझाएर छुटेपछि कार्यकर्ता र शुभचिन्तकको माझ उनले न्यायको लडाइँ अझै लड्न बाँकी भएको बताएका छन्।

पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे

गण्डक न्यूज | 2 days ago
पोखरामा नातीले हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् । उनले पुस ३ गते दिउँसो १२ः२० बजे धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

राम बहादुर रोकाहा | 2 days ago
जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । बुधबार राति करिब ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २६ वर्षीय एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियार रहेका छन् ।

मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान

गण्डक न्यूज | 2 days ago
पोखराको मणिपाल शिक्षण अस्पताललाई पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । महानगरले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा बुधबार पोखरामा मणिपाललाई सम्मान गरेको हो । मणिपालले आर्थिक वर्ष ०८१/०८२ मा ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको छ ।

पोखरामा रिसाइकलिङ र अपसाइकलिङ मार्फत् हरित रोजगारी विस्तार

गण्डक न्यूज | 2 days ago
पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ ।

Explore news by Category