‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी
काठमाडौँ । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।
सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाहिँ ‘पाप’ भएको टिप्पणी गरेका हुन् ।
उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’
तर, गरीब भएरै मर्नु गल्ती भनेकाले यस भनाइको चर्को विरोध भएको थियो ।
जेनजी अभियन्ता रक्षा बमले स्टाटस नै लेखेर असन्तुष्टि व्यक्त गरेकी छन् ।
चुनाव प्रचारका क्रममा मिडियासँग उनका बुबाले आफूले निकै दुःख गरेर छोरा पढाएको बताएका छन् । अहिले सुधनसँग करोडौंको जग्गा, सुन रहेको विवरण सार्वजनिक भएको छ ।