npl.977 Nepal News Stream

GandakNews logo GandakNews

गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए

गण्डक न्यूज 2 days ago

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री सबै फेरिएका छन् । सत्ता गठबन्धन दल नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सबै मन्त्रीहरू फेरेका हुन् ।

काँग्रेस नेतृत्वको सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै आठ मन्त्रीहरू बुधबार हेरफेर गरेका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री पाण्डेको सिफारिसमा नयाँ मन्त्रीहरुलाई केही समयअघि नियुक्त गरेका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा गोविन्द बहादुर नेपाली, उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयमा नन्दप्रसाद न्यौपाने, आर्थिक मामिला मन्त्रालयमा जितबहादुर शेरचन, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भिमबहादुर कार्की मन्त्री नियुक्त भएका छन् ।

यस्तै, उद्योग तथा पर्यटन मन्त्रालयमा यशोदा रिमाल, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा रेखा गुरुङ, स्वास्थ्य मन्त्रालयमा लक्ष्मणबहादुर पाण्डे र बन तथा वातावरण मन्त्रालयमा नम्डु गुरुङ नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख भट्टबाट भर्खरै सपथ लिएका छन् ।

Read more news from GandakNews

Explore by Source or Category