विराटनगर। विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा हार व्यहोरेपछि चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक रमेश दंगालले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार राति सहिद मैदानमा भएको खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबसँग ३–० ले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक दंगालले फिफा रेफ्री श्याम दनुवारको भूमिकामाथि प्रश्न उठाएका हुन्।
स्याङ्जा। भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ। यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो।
म्याग्दी। मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक स्तरोन्नति गरेर पक्की बनाउन थालिएको छ। बेनी नगरपालिकाले बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत विसं २०६५ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउने योजना सञ्चालन गरेको हो। बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गर्न लागिएको बताए।
जकार्ता। इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ। म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ।
काठमाडौँ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ। कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो।
काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तारबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ। सन् २००५ डिसेम्बर ३० मा नेपाल र लिथुआनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
अछाम। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेको छ।
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज २.१७ अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक २.१७ अंकले बढेर २८३५.२१ विन्दुमा पुगेको छ। प्रि ओपन सेसनमा ५६ वटा स्क्रिप्सको ९ हजार ७५० कित्ता सेयर ३८लाख ११ हजार ७६७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।
कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ। कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ।
काठमाण्डौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेर दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
बेरुत। हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ। मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको छ, तर जमिनमा जारी झडप, अस्पष्ट सर्तहरू र आपसी अविश्वासले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएको छ।
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबिच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी उनीहरूबिच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो।
काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन्। केन्द्रको निरीक्षणका क्रममा सञ्चार मन्त्री डा.
काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन्। केन्द्रको निरीक्षणका क्रममा सञ्चार मन्त्री डा.
धनुषा। मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ। गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्।
काठमाडौँ। दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ। मातातीर्थमा बिहान ३ः०० बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए।
काठमाडौँ। परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरुसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ। त्यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताए।
काठमाडौँ। कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ। विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसिमा तोकेको हो।
काठमाडौँ। हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ। हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ। कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।