npl.977 Nepal News Stream

#विविध

नेपाल न्युज logo नेपाल न्युज

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

नेपालन्युज | 8 hours ago
ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् ।
नेपाल न्युज logo नेपाल न्युज

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

नेपालन्युज | 9 hours ago
भक्तपुर। भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

नेपालन्युज | 10 hours ago
काठमाडौं। नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेको हो । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गरेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

नेपालन्युज | 10 hours ago
काठमाडौं। सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ ।
नेपाल न्युज logo नेपाल न्युज

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

नेपाल न्युज | 11 hours ago
जुम्ला। जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन्। लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् । जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय बताउँछन्।
नेपाल न्युज logo नेपाल न्युज

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

नेपाल न्युज | 11 hours ago
कञ्चनपुर। दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ। गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदै ।
नेपाल न्युज logo नेपाल न्युज

सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट

नेपाल न्युज | 11 hours ago
काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले आज बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो।
नेपाल न्युज logo नेपाल न्युज

व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ- सचिव घिमिरे

नेपाल न्युज | 11 hours ago
काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए।
नेपाल न्युज logo नेपाल न्युज

ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

नेपाल न्युज | 12 hours ago
म्याग्दी। रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् ।
नेपाल न्युज logo नेपाल न्युज

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, ९ जनाको मृत्यु भएको आशङ्का

नेपाल न्युज | 13 hours ago
जोहानेसबर्ग। दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। यो महिनाभरि देशमा भएको दोस्रो ठूलो गोलीकाण्ड हो। पुलिसका अनुसार आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेका थिए र ग्राहकमाथि गोली चलाए। भाग्दा पनि उनीहरूले अनियन्त्रित रूपमा गोली चलाइरहेका थिए।
नेपाल न्युज logo नेपाल न्युज

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

नेपाल न्युज | 13 hours ago
गोरखा। गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन्। सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

नेपाल न्युज | 13 hours ago
ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो। स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।
नेपाल न्युज logo नेपाल न्युज

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

नेपाल न्युज | 13 hours ago
दोहोरो नागरिकता रहेको वा राज्यविरोधी गतिविधि गरेकाहरूको नागरिकता रद्द गरिएको हो। साउनयता यस कार्यालयबाट वंशजका आधारमा तीन हजार ७५९ जना र वैवाहिक अङ्गीकृत नागरिकता ११ जनाले लिएका छन्।
नेपाल न्युज logo नेपाल न्युज

एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

नेपाल न्युज | 14 hours ago
काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनविरुद्ध १–० को कठिन जित निकालेको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे। खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । जितसँगै आर्सनलले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित एभर्टनको भने १७ खेलमा २४ अंक छ।
नेपाल न्युज logo नेपाल न्युज

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाल न्युज | 14 hours ago
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
नेपाल न्युज logo नेपाल न्युज

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

नेपाल न्युज | 14 hours ago
काठमाडौं। दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघमा विशेष प्रस्तुती दिएको छ। नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसंघमा शुक्रबार ध्यानसम्बन्धी अलग-अलग दुई कार्यक्रम आयोजना गरेकोे छ।
नेपाल न्युज logo नेपाल न्युज

सेभियामाथि रियल मड्रिडको जित

नेपाल न्युज | 14 hours ago
काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेक छ। गएराति भएको खेलमा रियलले सेभियालाई २–० गोलले हराएको हो। रियलको जितमा जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक एक गोल गरे। खेलको ३८औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई पहिलो हाफ भरि १–० को अग्रता दिलाए।
नेपाल न्युज logo नेपाल न्युज

मधेस प्रदेशको सभामुख पदमा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी

नेपाल न्युज | 15 hours ago
जनकपुरधाम। मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द पटेल रहेका छन्। यस अघि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दिएका हुन।
नेपाल न्युज logo नेपाल न्युज

लिभरपुलले टोटेनहमलाई हरायो

नेपाल न्युज | 15 hours ago
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ। गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई उसकै घरेलु मैदानमा १–२ गोलले हराएको हो। खेलको ३३ औं मिनेटमा जाभी सिमन्सले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो। ५६ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए ।

Explore by Source or Category