npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

नेपाल न्युज 8 hours ago

जकार्ता। इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ।

म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ।

विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले विज्ञप्ति मार्फत जनाएका छन्।

सुचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

शवहरू प्रान्तीय राजधानी पोन्टियानाकमा लगिएको मेडले बताएका छन्। यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो।

गत वर्षको सेप्टेम्बरमा, दक्षिण कालिमान्टन प्रान्तमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य बोकेको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै यात्रर तथा चालक दलका सदस्यहरुको मृत्यु भएको थियो।

यस अघि इलागाको दुर्गम पपुवा जिल्लामा अर्को हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category