npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

कर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

नेपाल न्युज 8 hours ago

अछाम। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेको छ।

वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुंगा पल्टिँदा डुंगा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन्।

बेपत्ताको खोजी कार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुंगाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिए।

Read more news from नेपाल न्युज

Explore by Source or Category