नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल
नेपाल न्युज
|
4 hours ago
काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तारबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ।
सन् २००५ डिसेम्बर ३० मा नेपाल र लिथुआनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुवै देशले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्।