Dhairya Kanta Dutta
|
4 minutes ago
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्नरनगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ।
Dhairya Kanta Dutta
|
27 minutes ago
काठमाडौँ- बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ। बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र नेपालका लागि भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारत सरकारको करिब २.५ करोड (नेपाली रुपैयाँ) को आर्थिक सहयोगमा निर्माण हुन लागेको स्वास्थ्इ चौधी बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिने छ।
Dhairya Kanta Dutta
|
49 minutes ago
काठमाडौँ– भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ। हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी बिहीबार कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Keshav Rana Chhetri
|
55 minutes ago
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यसअघि ढकालले बिहीबार सांसद पुरुषोत्तम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थकमा सभापतिमा मनोनयन दर्ता गरेका थिए।
Keshav Rana Chhetri
|
1 hour ago
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.ओजस्वी शेरचन बहुमतले विजयी भएकी छन्। सिंहदरबारमा आज बसेको समितिको बैठकले सभापति चयन गरेको हो। ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा सभापति पदका लागि रास्वपाबाट डा. शेरचन र नेकपा एमालेका गुरु प्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा डा.
Ramesh Dawadi
|
1 hour ago
Ramesh Dawadi
|
2 hours ago
काठमाडौँ- सरकारको ‘एक सय दिने शासकीय सुधार’ योजनाबारे युवामाझ सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण रहेको निष्कर्षसहित काठमाडौँमा ‘शासकीय सुधार र युवा आकांक्षा’ विषयक अन्तरपुस्तक संवाद सम्पन्न भएको छ। यूथ एडभोकेसी नेपालद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य, नागरिक समाजका अगुवा तथा एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो।
Ramesh Dawadi
|
2 hours ago
काठमाडौँ- नेपाल प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका-८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ।
Ramesh Dawadi
|
2 hours ago
अछाम- तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका-३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा हुन्।
Ramesh Dawadi
|
2 hours ago
Ramesh Dawadi
|
3 hours ago
Madhav P. Nepal
|
3 hours ago
काठमाडौँ- इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम लागू भएको छ। यसबाट पश्चिम एसियामा तनाव कम हुने आशा जगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युद्धविराम लागू हुनेबित्तिकै बेरुतका केही भागमा उत्सव मनाइएको छ। तर अवस्था चाँडै नै संवेदनशील देखिन थाल्यो। लेबनानी सेनाले युद्धविरामपछि पनि इजरायली सेनाले दक्षिणी लेबनानका केही क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ।
Ramesh Dawadi
|
3 hours ago
काठमाडौँ- बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकलाई अझ धेरै नजिक ल्याउनेछ।
Ramesh Dawadi
|
4 hours ago
काठमाडौँ- आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदान मा यूएईविरुद्ध हुने टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली सार्वजनिक गरेको हो। यसपटक पूर्वकप्तान रोहित पौडेल भने १५ सदस्यीय टोलीमा समावेश भएका छैनन्। टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्।
Ramesh Dawadi
|
4 hours ago
काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १३० कायम भएको छ।
Ramesh Dawadi
|
4 hours ago
म्याग्दी- रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका-३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्किए।तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन्। विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो।
Ramesh Dawadi
|
5 hours ago
काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान गरेका हुन्।
Ramesh Dawadi
|
5 hours ago
काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन्। केन्द्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा.तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए।
Ramesh Dawadi
|
6 hours ago
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र विद्यालय कर्मचारीलाई तहगत दरबन्दी निर्धारण गरी सोहीअनुसार तलबभत्ता उपलब्ध गराउन माग गरेको छ। महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई वैशाख २ गते ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग अघि सारेको हो।