npl.977 Nepal News Stream

Himal Press logo

Himal Press

Dot NewsyNepal Media and Research Pvt Ltd.

राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्यरूपले मनाउने, विभिन्न समिति गठन

Kiran Poudel | 55 minutes ago
काठमाडौँ- राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्य रुपले मनाउने भएको छ। ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न समितिहरु गठन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन्।

काठमाडौँ ४ बाट राप्रपाले सिफारिस गर्‍यो जेनजी युवा नेत्रृ अनिता विमली

Kiran Poudel | 1 hour ago
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ ४ बाट अनिता विमली सिफारिस भएकी छन्। राप्रपा युवक स्रगठनको केन्द्रीय कोषाध्यक्ष समेत रहेकी विमली जेनजी युवा नेत्रृ समेत हुन्। राप्रपाले उनीसहित काठमाडौँ ४ बाट भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईं छन्। विमली व्यवसायी समेत हुन्।

ज्ञानेन्द्र शाही ललितपुर १ बाट उम्मेदवार सिफारिस

Kiran Poudel | 2 hours ago
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रतिनिधिसभा चुनावका लागि ललितपुर क्षेत्र नं १ बाट सिफारिस भएका छन्। राप्रपा क्षत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो। शाही यसअघिको निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए।

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

Kiran Poudel | 2 hours ago
काठमाडौँ- राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ ।

मिराज ढुंगाना र सुदन गुरुङको संसद् पुनर्स्थापना गर्ने अभिव्यक्तिप्रति रक्षा बमको असन्तुष्टि

Kiran Poudel | 2 hours ago
काठमाडौँ- जेनजी अभियान्ता रक्षा बमले अर्का जेनजी मिराज ढुंगाना र जेनजी अगुवा सुदन गुरुङलाई संसद पुनस्थापना र सर्वपक्षीय सरकारको माग गर्दै नहिँड्न कडा चेतावनी दिएकी छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।

ईश्वरपक्षको भेलाप्रति प्रदीप ज्ञवाली असन्तुष्टि, विद्या भण्डारीको अभिव्यक्तिप्रति आपत्ति

Kiran Poudel | 3 hours ago
काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि पनि केही नेताहरूले गरेको छुट्टै भेलाप्रति असन्तुष्टि जनाएका छन् । उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरण हुने चेतावनी दिएका छन्।

ताप्लेजुङको हिमाली बस्ती याङ्मामा ब्वाँसोको आतंक, गोठमै छिरेर मार्न थाल्यो चौपाया

Kiran Poudel | 3 hours ago
ताप्लेजुङ- ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जंगली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले लाखौँको क्षति बेहोर्नु परेको छ।

बढ्यो काठमाडौँको न्यूनतम तापक्रम, के तातो फर्किएको हो?

Kiran Poudel | 3 hours ago
काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा सोमबार (आज) झन्डै २ डिग्री सेल्सियस बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस देखिएको हो। आइतबार भने यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे ५.५ कायम भएको थियो।

सरकारले नैतिकता गुमायो, अब दलसहितको सरकार बनाऔँ : महेश बस्नेत

Kiran Poudel | 3 hours ago
काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताएका छन्।जेनजीको नाममा अहिलेको सरकार बनेको भन्दै बस्नेतले जेनजी नै आन्दोलनमा उत्रिएपछि सरकारको नैतिक हैसियत सकिएको बताए । ‘जेनजीको नाममा बनेको यो सरकारले अब नैतिकता गुमाएको छ र दलहरू सहित सर्वपक्षीय पहलबाट मात्र जेनजीको समस्या समाधान र मुलुकको निकास सम्भव छ’, उनले भने।

मौसम विभाग भन्छ : तराईमा हुस्सु र कुहिरो लाग्छ, पानी पर्दैन

Kiran Poudel | 3 hours ago
काठमाडौँ- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ।

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किँदै

Kiran Poudel | 3 hours ago
काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्कने भएकी छिन्। जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो।

मधेश प्रदेश सभामुख यादवले लिए शपथ

Kiran Poudel | 4 hours ago
काठमाडौँ- मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेशसभाबाट आइतबार सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ लिएका हुन्। उनलाई मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन्। यसअघि आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत उनी सभामुख निर्वाचित भएका थिए। उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दिएका थिए।

काठमाडौँका दुई रेस्टुरेन्टलाई जनही ५० हजार जरिवाना

Kiran Poudel | 4 hours ago
काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई ५० हजारको दरले जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ।

सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

Kiran Poudel | 4 hours ago
सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

रविपछि छुटे छवि

Kiran Poudel | 4 hours ago
काठमाडौँ- बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले आइतबार धरौटी माग गरेर रिहा गर्ने आदेश दिएको हो। जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।

हेर्नुहोस् राशिफल

Kiran Poudel | 4 hours ago
मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। मिथुन प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

एमालेमा अब दुई लाइन संघर्ष

Madhav P. Nepal | 13 hours ago
काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशनपछि पार्टीभित्र दुई लाइन संघर्ष देखा परेको छ। पार्टीमा देखा परेको दुई लाइन संघर्षले अध्यक्ष केपी शर्मा ओलीको मनोमानी कम हुने विश्वास एमाले नेताहरूले गरेका छन्। यसबाट पार्टी संगठन चुस्तदुरुस्त बन्ने उनीहरू बताँछन्। अघिल्लो कार्यकालमा दुई लाइन नहुँदा अध्यक्ष केपी शर्मा ओलीमाथि मनलाग्दी रूपमा पार्टी चलाएको आरोप लागेको थियो।

Explore news by Category