npl.977 Nepal News Stream

Himal Press logo Himal Press

स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि मापदण्ड तयार, तीन दिनभित्र सुझाव माग

Ramesh Dawadi 5 hours ago

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या, सीमाना तथा वर्गीकरण पुनरावलोकनका लागि मापदण्डको प्रारम्भिक मस्यौदा तयार गरेको छ।

मन्त्रालयको संघीय मामिला शाखाले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेर, स्थानीय तहहरू आपसमा गाभ्ने तथा नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्न ‘गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरेको जनाएको छ।

उक्त मस्यौदामाथि सुझाव संकलन गर्न मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयहरूसँग राय मागेको छ। मन्त्रालयका अनुसार प्राप्त सुझावका आधारमा मापदण्डलाई अन्तिम रूप दिइनेछ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ मा भएको व्यवस्था अनुसार स्थानीय तहको संरचनामा आवश्यक समायोजन गर्न यो प्रक्रिया अघि बढाइएको हो।

मन्त्रालयले सम्बन्धित निकायलाई तीन दिनभित्र आफ्नो राय/सुझाव इमेलमार्फत पठाउन अनुरोध गरेको छ। सुझाव पठाउन federal.affairs.section@mofaga.gov.np
federal.affairs1@gmail.com इमेल ठेगाना उपलब्ध गराइएको छ।

 

Read more news from Himal Press

Explore by Source or Category