npl.977 Nepal News Stream

#कला/शैली

Sutra News logo Sutra News

किरण केसी–धुर्मुस विवादमा नयाँ ट्विस्ट, ‘५ लाखको रसिद’ले सामाजिक सञ्जालमा हंगामा

सुत्र न्युज | 35 minutes ago
काठमाडौं । हास्यकलाकार किरण केसीले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आफूले दिएको ५ लाख सहयोगको रसिद दुई वर्षपछि मात्रै पाएको भन्ने अभिव्यक्ति दिएपछि सीताराम कट्टेल ‘धुर्मुस’ आलोचनाको घेरामा परेका छन्। केसीको अभिव्यक्ति बाहिरिएसँगै धुर्मुसमाथि सामाजिक सञ्जालमा तीखा टिप्पणी र गालीको ओइरो लाग्यो। तर, यो विवादले नयाँ मोड लिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनका तत्कालीन एक जिम्मेवार कर्मचारीले केसीको दाबीमा पूर्ण सत्यता नरहेको बताए। उनका अनुसार केसीले रंगशालाका लागि प्रत्यक्ष सहयोग नगरी गिरानचौर बस्ती निर्माणका क्रममा जन्मदिनमा संकलन गरिएको करिब ४ लाख रुपैयाँ फाउन्डेसनलाई दिएको थियो।
Sutra News logo Sutra News

के जिग्री र काकु मिलेर एकसाथ फिल्म बनाउँदै छन् ?

सुत्र न्युज | 1 hour ago
काठमाडौं । एकबेला हास्य टेलिशृङ्खला ‘भद्रगोल’ देखि ‘सक्किगोनी’ सम्म अटुट सहकार्य गरेको जिग्री (कुमार कट्टेल), पाँडे (अर्जुन घिमिरे) र काकु (दीपक आचार्य)को मित्रता दर्शकमाझ निकै लोकप्रिय थियो। पर्दामा होस् वा पर्दाबाहिर, उनीहरूको मित्रता सधैँ चर्चामा रहन्थ्यो। तर गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ बाट भने उनीहरूबीचमा अलि खटपट आएजस्तो देखियो। यद्दपि त्यो लामो समय रहेन। काकुले सार्वजनिक रूपमा उक्त विवादबारे कसैप्रति आरोप लगाएनन्। बरू ‘लाज शरणम्’लाई शुभकामना दिए। ‘लाज शरणम्’ कुमार कट्टेलको निर्देशनमा बनेको थियो। राम्रो व्यापार गरेको यो फिल्ममा अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार थिए।
Sutra News logo Sutra News

‘मितज्यू’ टिमले थाल्यो फिल्मको वर्कसप

सुत्र न्युज | 1 hour ago
काठमाडौं । ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरू गरेका हुन्। वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत रहेका छन्। फिल्ममा कलाकारहरुले गर्ने भुमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केहि दिनसम्म अझै चल्ने छ। फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भुमिकाबारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए। उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ।
Sutra News logo Sutra News

गीत र टिजरपछि विदेशमा चर्चा, ‘आ बाट आमा’को जापान राइट्स बिक्री

सुत्र न्युज | 1 hour ago
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै अएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो। जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक चन्द्र पन्तले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए। उनका अनुसार यस अघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।अन्य देशमा पनि फिल्मको प्रदर्शन अधिकार उच्च माग हुन थालेको छ।
Sutra News logo Sutra News

‘झरीपछिको इन्द्रेणी’को ‘जब फर्किन्छु घर’ गीतमा के छ ? (भिडिओ)

सुत्र न्युज | 2 hours ago
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरेको छ । हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उर्त्कषमा पुर्‍याउने विश्वास निर्माण टिमको छ ।
Sutra News logo Sutra News

जब एलिना र कला ‘सुनको सिक्री’ विवादमा भिडे

सुत्र न्युज | 4 hours ago
काठमाडौं । अमेरिकाबाट फर्किएपछि गायिकाद्वय एलिना चौहान र कला लम्सालको विवाद सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। ‘अब गाउँछ अमेरिका’को प्रस्तुती बीचमै छोडेर फर्किएका यी दुई गायिकाबीचको सम्बन्ध अहिले सार्वजनिक रुपमा तनावपूर्ण छ। अमेरिकामा बिरामी भएर फर्किएको कला र आयोजकसँग झगडा गरेर फर्किएकी एलिनाबीचको तिक्तता ‘सुनको सिक्री’ विवादले अझ उग्र रूप लिएको छ। हालै एक अन्तर्वार्तामा कलाले लगाएको सुनको डिजाइनको सिक्री अचानक एलिनाको गलामा देखिएको भिडियो भाइरल भयो। कलाले अन्तर्वार्तामा भनेकी छन्, ‘मैरै सुनको सिक्री लगाएर अन्तर्वार्तामा मविरुद्ध बोल्ने गायिका पनि छन्। कम्तीमा मेरोविरुद्ध मेरै सिक्री लाएर नबोलेको भए हुने।
Sutra News logo Sutra News

‘धुन’ लिएर आए शिशिर ठटाल (भिडिओ)

सुत्र न्युज | 5 hours ago
काठमाडौं । गायक शिशिर ठटालको ‘धुन’ बोलको गीत सार्वजनिक भएको छ । मेरो भ्वाइस युनिभर्स पहिलो सिजनका फर्स्ट रनरअप समेत बनेका उनले ‘मन रागिनी, मायाको रंग’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् । यस पटक भने उनी धुन बोलको गीत लिएर बजारमा आएका छन् । आवाजमा उनलाई गायिका रेनुका सुब्बाले साथ दिइएकी छिन् । उक्त गीतमा शब्द उनको नै छ भने कम्पोज पनि शिशिरले नै गरेका हुन् । म्युजिक प्रोडिउस फसिल स्टुडियो काठमाडौंबाट गरिएको छ । अडियो मिक्सिङ र मास्टरिङ सँगै एडिस्नल अडियो डिजाइनको काम निविर एक्सको रहेको छ ।
Sutra News logo Sutra News

५० वर्षपछि पनि ‘शोले’को ज्वारभाटा उस्तै, अहिलेसम्म कति कमायो ?

सुत्र न्युज | 6 hours ago
काठमाडौं । भारतीय सिनेमा इतिहासकै आइकोनिक फिल्म ‘शोले’ ले ५० वर्षपछि पनि आफ्नो क्रेज जस्ताको तस्तै रहेको प्रमाणित गरेको छ। रि–रिलिज संस्करण ‘शोलेः द फाइनल कट’ ले प्रदर्शनको पहिलो हप्तामै भारतमा १ करोड ५० लाख भारतीय रुपैयाँ नेट कमाइ गर्दै बक्सअफिस तताएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार डिसेम्बर १२ मा हलमा फर्किएको फिल्मले पहिलो दिन २० लाख रुपैयाँ कमायो भने दोस्रो दिन कमाइ दोब्बर हुँदै ४० लाख पुगेको थियो। आइतबार त ‘शोले’ ले दर्शक तान्ने रेकर्ड नै बनायो, जब एकै दिन ५० लाख रुपैयाँको व्यापार भयो।
Sutra News logo Sutra News

५१ दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण

सुत्र न्युज | 6 hours ago
काठमाडौं । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो । निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो । निर्माता आचार्यले आगामी साता अर्को एक बिशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केहि बिशेष घोषण पनि गरिने बताए । पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन् ।
Sutra News logo Sutra News

‘परान’ हिट भएपछी अञ्जना बराइलीले २० लाख पारिश्रमिक मागेकी हुन् ?

सुत्र न्युज | 6 hours ago
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ जस्तो फिल्म दिएर इतिहास रचेकी अभिनेत्री अञ्जना बराइली फेरि एकपटक चर्चामा आएकी छन्, पारिश्रमिकको सनसनीपूर्ण हल्लाका कारण। पछिल्लो फिल्म ‘परान’मा अभिनय गरेर रेकर्ड बनाएकी अञ्जनामाथि ‘२० लाख रुपैयाँ पारिश्रमिक मागिन्’ भन्ने समाचारहरू सार्वजनिक भए। तर, केही सञ्चारमाध्यममा २० लाखको माग गरेको दाबी आएपछि अञ्जना स्वयं भने यो हल्लाप्रति कडा असन्तुष्टि जनाउँछिन्। उनले पारिश्रमिक पूर्ण रूपमा निजी विषय भएको भन्दै गैरजिम्मेवार ढंगले बाहिर ल्याइएको विवरणप्रति आपत्ति जनाइन्। ‘पारिश्रमिक गोप्य रहनुपर्छ। जहाँबाट यो कुरा बाहिर आयो, त्यहाँ व्यवसायिक मर्यादा देखिनुपर्थ्यो। बाहिर आएको कुरा मलाई बिल्कुलै मन परेको छैन,’ उनले भनिन्।
Sutra News logo Sutra News

नोरा फतेहीको कार दुर्घटनाबाट टाउको चोट, रक्सी खाएका व्यक्तिले दिएका थिए ठक्कर

सुत्र न्युज | 7 hours ago
एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेहीको शनिबार दिउँसो कार दुर्घटना भएको छ। यस दुर्घटनामा नोरा फतेहीको टाउकोमा चोट लागेको छ। यति हुँदाहुँदै पनि नोरा फतेहीले शनिबार साँझ एक कन्सर्टमा प्रस्तुति दिएकी छन्। नोरा फतेही डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन सनबर्न फेस्टिभल जाँदै थिइन्। त्यही क्रममा मदिराको नशामा तीव्र गतिमा कार चलाइरहेका एक व्यक्तिले उनको कारलाई जोरदार ठक्कर दिएको हो। नोरा फतेहीले एक भिडियो जारी गर्दै यो घटना दिउँसो ३ बजे भएको बताएकी छन्। उक्त व्यक्तिले नोरा फतेहीको कारलाई मात्र ठक्कर नदिई अन्य धेरै मानिसमाथि पनि गाडी चलाएका कारण धेरै जना घाइते भए।

Explore by Source or Category