npl.977 Nepal News Stream

Sutra News logo Sutra News

जब एलिना र कला ‘सुनको सिक्री’ विवादमा भिडे

सुत्र न्युज 14 hours ago

 

काठमाडौं । अमेरिकाबाट फर्किएपछि गायिकाद्वय एलिना चौहान र कला लम्सालको विवाद सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। ‘अब गाउँछ अमेरिका’को प्रस्तुती बीचमै छोडेर फर्किएका यी दुई गायिकाबीचको सम्बन्ध अहिले सार्वजनिक रुपमा तनावपूर्ण छ।

अमेरिकामा बिरामी भएर फर्किएको कला र आयोजकसँग झगडा गरेर फर्किएकी एलिनाबीचको तिक्तता ‘सुनको सिक्री’ विवादले अझ उग्र रूप लिएको छ। हालै एक अन्तर्वार्तामा कलाले लगाएको सुनको डिजाइनको सिक्री अचानक एलिनाको गलामा देखिएको भिडियो भाइरल भयो।

कलाले अन्तर्वार्तामा भनेकी छन्, ‘मैरै सुनको सिक्री लगाएर अन्तर्वार्तामा मविरुद्ध बोल्ने गायिका पनि छन्। कम्तीमा मेरोविरुद्ध मेरै सिक्री लाएर नबोलेको भए हुने।’

प्रतिक्रियामा एलिनाले भनिन्, ‘उहाँले यो सिक्री मलाई लुगामा सुहाएन, तिमी नै लाएर बस भन्नुभयो। त्यसपछि मैले फोन गरेर सिक्री छुटेको जानकारी दिइसकेको थिएँ।’

Read more news from Sutra News

Explore by Source or Category