npl.977 Nepal News Stream

Sutra News logo Sutra News

किरण केसी–धुर्मुस विवादमा नयाँ ट्विस्ट, ‘५ लाखको रसिद’ले सामाजिक सञ्जालमा हंगामा

सुत्र न्युज 7 hours ago

 

काठमाडौं । हास्यकलाकार किरण केसीले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आफूले दिएको ५ लाख सहयोगको रसिद दुई वर्षपछि मात्रै पाएको भन्ने अभिव्यक्ति दिएपछि सीताराम कट्टेल ‘धुर्मुस’ आलोचनाको घेरामा परेका छन्।

केसीको अभिव्यक्ति बाहिरिएसँगै धुर्मुसमाथि सामाजिक सञ्जालमा तीखा टिप्पणी र गालीको ओइरो लाग्यो। तर, यो विवादले नयाँ मोड लिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनका तत्कालीन एक जिम्मेवार कर्मचारीले केसीको दाबीमा पूर्ण सत्यता नरहेको बताए।

उनका अनुसार केसीले रंगशालाका लागि प्रत्यक्ष सहयोग नगरी गिरानचौर बस्ती निर्माणका क्रममा जन्मदिनमा संकलन गरिएको करिब ४ लाख रुपैयाँ फाउन्डेसनलाई दिएको थियो। रकम प्राप्त हुनासाथ फाउन्डेसनको खातामा जम्मा गरिएको र रसिद कार्यालयमै सुरक्षित रहेको दाबी छ।

रसिद लिन जुनसुकै दिन आउन सकिने भनिए पनि केसी स्वयं लिन नआएको र पछि सार्वजनिक रूपमा ‘रसिद नपाएको’ कुरा उठेपछि धुर्मुस आफैंले रसिद र प्रमाणपत्र पुर्‍याएर दिएको उनको भनाइ छ।

विवाद चर्किँदै गएपछि स्वयं किरण केसीले आफ्नो भनाइ गलत रूपमा बुझिएको र मिडियाले समेत बंग्याएको बताए। ‘६० करोडको काम भएको भनेर मिडियामा आएको छ, मेरो ५ लाख रुपैयाँ कसरी हिनामिना हुन्छ?’ उनले बताए।

केसीले धुर्मुसलाई पहिल्यैदेखि नजिकबाट चिनेको र फट्याँइ गर्ने मान्छे नभएको सुनाए। मुसहर बस्ती, गिरानचौरदेखि रंगशालासम्म आफूले निरन्तर सहयोग र श्रम गरेको स्मरण गराउँदै उनले विभिन्न चरणमा २०–२५ हजारदेखि ५ लाखसम्म सहयोग गरेको बताए।

Read more news from Sutra News

Explore by Source or Category