Sutra News
‘धुन’ लिएर आए शिशिर ठटाल (भिडिओ)
काठमाडौं । गायक शिशिर ठटालको ‘धुन’ बोलको गीत सार्वजनिक भएको छ । मेरो भ्वाइस युनिभर्स पहिलो सिजनका फर्स्ट रनरअप समेत बनेका उनले ‘मन रागिनी, मायाको रंग’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।
यस पटक भने उनी धुन बोलको गीत लिएर बजारमा आएका छन् । आवाजमा उनलाई गायिका रेनुका सुब्बाले साथ दिइएकी छिन् । उक्त गीतमा शब्द उनको नै छ भने कम्पोज पनि शिशिरले नै गरेका हुन् ।
म्युजिक प्रोडिउस फसिल स्टुडियो काठमाडौंबाट गरिएको छ । अडियो मिक्सिङ र मास्टरिङ सँगै एडिस्नल अडियो डिजाइनको काम निविर एक्सको रहेको छ ।
भिडियोतर्फ कन्सेप्ट गायिका रेनुका आफ्नै छ भने दीपेश तामाङ्ग, संजिभनी राईलाई कास्ट गरिएको छ । जसमा दुवैको गज्जबको केमेस्ट्री देख्न सकिन्छ ।
फिल्मिङ्गो स्टुडियो बाट रिलिज गरिएको यो गीतको भिडियोमा मोसिन क्षेत्रीको निर्देशन रहेको छ । यो गीतमा लगानी भने अमोन राईको रहेको छ।