npl.977 Nepal News Stream

Taksar News logo

Taksar News

अर्थराजनीतिक दिशानिर्देश

चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्ति दाङबाट पक्राउ

टक्सार न्युज | 2 hours ago
काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले पारित गर्‍यो नयाँ कार्यविधि-२०८२

टक्सार न्युज | 6 hours ago
काठमाडाैँ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेकाे थियाे। बैठकमा कपिलवस्तु लगायतका केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारको विरोधमा उम्मेदवारी दिने, उनका प्रस्तावक वा समर्थक हुने तथा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न सदस्यहरूको विषयमा छलफल गरिएको छ।

ब्राउन सुगरसहित दुई जना स्याङ्जाबाट पक्राउ

टक्सार न्युज | 6 hours ago
काठमाडाैँ । स्याङ्जामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फागुन ७ गते राति करिब १० बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले भीरकोट नगरपालिका वडा नं. ४ छ्याङ्छाड्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गरेको थियो।

धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । ऐतिहासिक सम्पदा धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने तयारी गरिएको छ। शुक्रबार संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण, सञ्चालन र व्यवस्थापन प्रक्रियाबारे अध्ययन गर्न तत्काल एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।

बिलबिजकबिना चार लाख बराबरको सुपारीसहित एक जना पक्राउ

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । बिलबिजक बिनाको भन्सार छलीको सुपारीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नागार्जुन नगरपालिका–४, सितापाइला स्थित सडक खण्डमा सवारी चेकजाँचका क्रममा अन्दाजी चार लाख रुपैयाँ बराबरको सुपारी बरामद गरिएको हो। फागुन ७ गते राति १०ः३० बजे प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले बा.प्र.

अस्पताल क्यान्टिन र पानी उद्योगमा अनुगमन, म्याद सकिएका पेय पदार्थ र जार नष्ट

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्रका अस्पताल क्यान्टिन तथा पानी उद्योगमा निरीक्षण अनुगमन गरी विभिन्न सुधारका निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा केही व्यवसायमा कमजोरी भेटिएपछि कारबाहीसमेत गरिएको विभागले जनाएको छ।

काठमाडौँकाे यटखा बहालमा फायर हाइड्रेन्ट पाइपलाइन उद्घाटन, आगलागी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १९ अन्तर्गत यटखा बहाल क्षेत्रमा स्थापना गरिएको फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको शुक्रबार उद्घाटन गरिएको छ। वडा अध्यक्ष राजेश श्रेष्ठले एक कार्यक्रमबिच सो पूर्वाधारको औपचारिक शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा महानगरपालिकाका सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमपछि जडान गरिएको पाइपलाइनको व्यावहारिक परीक्षणसमेत गरिएको थियो।

चोरीका मोटरसाइकलका पार्टपुर्जा बिक्री गर्दै जडान गर्ने गिरोहका ३ जना काठमाडौँमा पक्राउ

टक्सार न्युज | 7 hours ago
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी भएका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री वितरण गर्ने तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार फागुन ६ गते साँझ करिब ८ बजे बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडाबाट चोरी गरिएको बा.प्र.

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकि रहेका ४ वटा प्रदेशहरूमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् ।

बञ्चरेडाँडा ल्यान्डफिलमा अनधिकृत प्रवेश निषेध, उल्लङ्घन गर्नेलाई कारबाही हुने

टक्सार न्युज | 7 hours ago
काठमाडौँ। काठमाडौँ महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। विभागले सूचना जारी गर्दै आजदेखि ल्यान्डफिल साइट परिसरमा अनुमति बिना प्रवेश गर्न नपाइने स्पष्ट गरेको हो। विभागका अनुसार उक्त ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहबाट संकलित फोहरमैला अन्तिम व्यवस्थापनका लागि ल्याइँदै आएको छ।

‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणापत्र कार्यान्वयन गर्ने विषयमा जनतामा स्वाभाविक रूपमा शंका र प्रश्न उठिरहेको बताएका छन्।

बैङ्क खाता खोल्ने काममा ढिलाइ नगर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगको ताकेता

टक्सार न्युज | 7 hours ago
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा बैङ्क खाता खोल्न ढिलाइ नगर्न ताकेता गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण खर्च तोकिएको बैङ्क खाताबाट मात्रै गर्नुपर्ने व्यवस्था भएकाले अझै खाता नखोलेका उम्मेदवारलाई तत्काल प्रक्रिया पूरा गर्न सचेत गराएको हो।

उडान अभावले होटल क्षेत्र सङ्कटमा, लगानी सुरक्षाका लागि राज्य सक्रिय हुनुपर्ने माग

टक्सार न्युज | 7 hours ago
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल क्षेत्रमा भएको अर्बौं लगानीको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणपछि ठूलो संख्यामा होटल खुले पनि अपेक्षाअनुसार उडान सञ्चालन नहुँदा व्यवसायीहरू समस्यामा परेको उल्लेख गरे।

नेपालको वैदेशिक व्यापार १५ प्रतिशतले बढ्यो

टक्सार न्युज | 8 hours ago
काठमाडौँ । नेपालको वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को माघसम्म नेपालले ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रूपैयाँ बराबर वैदेशिक व्यापार गरेकोमा आर्थिक वर्ष २०८२/८३ मा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३० हजार रूपैयाँ बराबर रहेको छ ।

मुक्तिनाथ पूर्वाधार ढिलाइबारे प्रधानमन्त्री कार्कीको चासो, स्वीकृति प्रक्रिया अघि बढाउने आश्वासन

टक्सार न्युज | 9 hours ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पूर्वाधार अभाव र स्वीकृति ढिलाइका विषयमा चासो व्यक्त गरेकी छन्। वारागुङ मुक्तिक्षेत्र–१ मा रहेको प्रसिद्ध तीर्थस्थल पुगेर दर्शन गरेकी प्रधानमन्त्री कार्कीसमक्ष स्थानीय सरोकारवालाले १०८ धारा पुनर्निर्माण, चेन्जिङ रुम, आनी आवासलगायत आठ पूर्वाधार योजना पुरातत्व विभागमा थन्किएको गुनासो गरेका हुन्।

१६ औँ योजनालाई प्रभावकारी बनाउन कार्ययोजना ल्याउँदैछौँं: उपाध्यक्ष श्रेष्ठ

टक्सार न्युज | 9 hours ago
काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले १६ औँ योजनालाई प्रभावकारी बनाउन कार्यान्वयन कार्ययोजना ल्याउन लागिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा १६ औँं योजनापत्रमा राखिएका लक्ष्यहरु केही महत्वकांक्षी भएपनि पूरा गर्न सकिने स्थिति रहेको बताउँदै कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको जानकारी दिए ।

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री खनाल

टक्सार न्युज | 9 hours ago
काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताएका हुन् ।

जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ

टक्सार न्युज | 9 hours ago
काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गरेकी छिन् । उनकाअनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबैभन्दा ठूलो मार महिलाहरूमाथि परिरहेको हो ।

दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा

टक्सार न्युज | 9 hours ago
काठमाडाैँ । आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावलाई लक्षित गरेर काँग्रेस, एमाले, नेकपा, रास्वपासहित प्रायः सबै दलहरुले सावर्जनिक गरेको घोषणापत्रमा आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाएको छ । दलहरुले ल्याएको घोषणापत्रमा मुलुकलाई सुशासनको बाटोमा डो-याउँदै आर्थिक समृद्धिको मार्गमा डो¥याउने योजनाहरु अघि सारिएको छ ।

चैत १ गतेभित्र नयाँ संसद भवन हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन

टक्सार न्युज | 9 hours ago
काठमाडौँ । निर्माणाधीन नयाँ संघीय संसद भवनको काम तोकिएको समयमै सम्पन्न गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले निर्माण पक्षलाई कडा निर्देशन दिएका हुन्। मन्त्री इङनामले चैत १ गतेभित्र भवन हस्तान्तरण गर्न स्पष्ट निर्देशन दिएका छन् ।

Explore news by Category