npl.977 Nepal News Stream

GandakNews logo

GandakNews

Gandak News: Gandaki News | GandakiNews | News Gandaki | News Gandak | Gandaki Samachar | Leading News Pokhara | No. 1 News from Pokhara, Gandaki, Nepal

बालेनलाई कारबाहीसहित नागरिकता रद्दको माग गर्दै युवराज सफलले दिए उजुरी

गण्डक न्यूज | 2 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता रद्द गर्न माग गर्दै शुक्रबार युवराज सफलले मन्त्रालयमा उजुरी दिएका हुन् । उनको उजुरी दर्ता समेत भइसकेको छ ।

पोखरामा प्रधानमन्त्रीलाई गण्डकी प्रदेशभरका निर्वाचन सुरक्षा अवस्थाबारे ब्रिफिङ

गण्डक न्यूज | 2 hours ago
पोखरा । चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की शुक्रबार बिहान हेलिकप्टर मार्फत् पोखरा आएर ब्रिफिङ लिएकी छन् । प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा पनि सहभागी भइन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहपछि उनी गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी भइन् ।

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

राम बहादुर रोकाहा | 3 hours ago
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भइरहेका बेला नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले भने आफ्नो दशबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै मतदातामाझ पुगेका छन् ।

ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ

राम बहादुर रोकाहा | 5 hours ago
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–४ छ्याङ्छाङ्दीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको विशेष अप्रेसन टोलीले बिहीबार राती चेकजाँचका क्रममा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

संसद् विघटन विरुद्धको रिटमा चुनावको भोलिपल्टलाई साधारण तारिख

गण्डक न्यूज | 6 hours ago
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई चुनावपछिको तारिख दिएको छ । संसद् विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर गरिएको थियो । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ अघि बढाइएको छैन ।

निर्वाचन आयोगले भन्यो: टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

गण्डक न्यूज | 7 hours ago
काठमाडौँ — तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ? रमाइलोका लागि चलाउँदै आएको टिकटकबाट अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ। राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सकिन्छ। यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सकिन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ ।

चुनाव बहिष्कार गर्दै आन्दोलनको घोषणा

गण्डक न्यूज | 1 day ago
काठमाडौँ । चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

काठमाडौंबाट सुकुमबासी खेद्ने, झापा पुगेर सुकुमबासीकै पक्षमा छु भन्ने ?: वर्षमान पुन

गण्डक न्यूज | 1 day ago
रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन्। गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन्।

पूर्वराजाले चुनावले निकास दिँदैन भनेपछि रविको जवाफ: रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्

गण्डक न्यूज | 1 day ago
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको प्रदेश संरचनामा पुनर्विचार (रेट्रोफिट) गर्नुपर्ने आवश्यकता औँल्याए।

सिंहदरबारमा आगो झोस्नेको टुंगो लागेपछि चुनावमा जान पाइयोस् भन्ने चाहन्थ्यौँ: गगन थापा

गण्डक न्यूज | 1 day ago
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनकमा गोली चलाउने दोषीहरूसँगै संसद् सिंहदरबार, शीतलनिवास, सर्वोच्च चलाउनेहरूको पनि यकिन गरेर चुनावमा जाने चाहना रहेको बताएका छन् । त्यो चाहना पूरा नहुँदै चुनाव हुने भएकाले यही अवस्थामा चुनावमा जान बाध्य भएको बताए ।

रास्वपाको वाचापत्र कर्णालीबाट सार्वजनिक, दोहोरो नागरिकताको पक्षमा उभिने, सांसद मन्त्री हुन नपाउने [पूर्णपाठ]

गण्डक न्यूज | 1 day ago
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी दोहोरो नागरिकताको पक्षमा उभिएको छ । कर्णालीको राजधानी सुर्खेतबाट बिहीबार सार्वजनिक आगामी प्रतिनिधिसभा चुनावी वाचापत्रमा रास्वपा दोहोरो नागरिकताको पक्षमा उभिने लेखिएको छ । रास्वपाको वाचापत्रको बुँदा नम्बर ९९ मा लेखिएको छ, ‘रास्वपाले प्रवासका नेपालीहरूलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भको रूपमा हेर्दछ ।

एमाले नेतृत्वमा सरकार बनेपछि समयसीमा तोकेर ११ काम सम्पन्न गरिहाल्ने

रञ्जन अधिकारी | 1 day ago
नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने सुरूवातमा गर्ने ११ काम सार्वजनिक गरेको छ। शुक्रबार एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको घोषणापत्रमा एमालेले पहिलो मन्त्रिपरिषद् बैठकबाट समयसिमा तोकेर सम्पन्न गर्ने ११ वटा काम सार्वजनिक गरेको हो। यस्तो छ एमालेले समय तोकेर गर्ने ११ काम- १.

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

राम बहादुर रोकाहा | 1 day ago
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मिनप्रसाद गुरुङले आगामी पाँच वर्षका लागि ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ‘समृद्ध स्याङ्जा, जनताको हित’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको सङ्कल्प पत्रमा पूर्वाधार, सामाजिक विकास, उद्यमशीलता तथा स्थानीय अर्थतन्त्र, कृषि तथा पशुपन्छी विकासलाई मुख्य आधार बनाइएको छ ।

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता

राम बहादुर रोकाहा | 1 day ago
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका खिमबहादुर थापाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उम्मेदवारका रूपमा थापाले सुशासन, पूर्वाधार र कृषिलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल

गण्डक न्यूज | 2 days ago
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले ५१ देखि आफ्नो योजनामा वृद्धा भत्ता दिन थालिएको बताएका छन्। आफ्नो चुनाव क्षेत्रका मतदातालाई सम्बोधन गर्दै गरिबी अन्त्य, बेरोजगारलाई रोजगार, घर नहुनेले घर, जमिन नहुनेले जमिन व्यवस्था गर्न पहल गर्ने बताए। उनले भने, ‘यही उद्देश्यका साथ ५१ सालमा सरकारमा थियौँ, वृद्ध भत्ता दिने काम सुरु गर्‍यौँ।

यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड

गण्डक न्यूज | 2 days ago
रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए।

रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ

गण्डक न्यूज | 2 days ago
जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरेका थिए। उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको सभामा बताइन्।

Explore news by Category