npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता, देउवा पक्षको रिट खारेज

Nepal Watch | 4 hours ago
काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसमा गगन थापा नेतृत्वको समूहलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। यससँगै, देउवा पक्षले दायर गरेको रिट निवेदन खारेज भएको छ।

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

Nepal Watch | 11 hours ago
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न-नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।

संसदीय समितिले पायो पूर्णता,यी हुन् संसदीय समितिका नवनिर्वाचित सभापति

Nepal Watch | 11 hours ago
काठमाडौं – संघीय संसद्अन्तर्गतका १२ वटा संसदीय समितिहरूले शुक्रबार सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। तीमध्ये १० वटा समितिमा सभापति सर्वसम्मत चयन भएका छन् भने दुई समितिमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हरि ढकाल सर्वसम्मत निर्वाचित भए।

सरकारी अस्पतालमा अब दुई दिन बिदा , आकस्मिक सेवा २४ सै घण्टा

Nepal Watch | 11 hours ago
काठमाडौं– सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द हुने भएको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला राख्न अस्पतालहरूलाई आग्रह गरेको थियो। तर चिकित्सक संघले त्यसमा असमर्थता जनाएपछि सरकारले आइतबार पनि बिदा कायम गर्ने निर्णय गरेको हो।

म्यान्मामा नयाँ वर्षको अवसरमा चार हजार ५०० भन्दा बढी कैदी रिहा, तर राजनीति यथावत्

Nepal Watch | 14 hours ago
बैंकक । म्यान्मामा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए पनि राजनीतिक बन्दीहरूको भविष्य भने अझै अन्योलमै देखिएको छ । सैनिक नेतृत्वले आम माफी घोषणा गर्दै चार हजार ५०० भन्दा बढी कैदीलाई रिहा गरेको जनाएको छ, तर प्रमुख विपक्षी नेता तथा सैन्य शासनविरुद्ध उभिएका हजारौँ व्यक्तिहरू यस निर्णयबाट बाहिरै राखिएको संकेत देखिएको छ ।

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित: आर्थिक क्षेत्र चलायमान हुने विश्वास

Nepal Watch | 14 hours ago
पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको छ ।

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

Nepal Watch | 16 hours ago
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् ।

सञ्चार मन्त्री डा. तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

Nepal Watch | 17 hours ago
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । केन्द्रको निरीक्षणका क्रममा सञ्चार मन्त्री डा.

संसदीय समितिका सभापतिको निर्वाचन आज

Nepal Watch | 18 hours ago
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदै छ । आज बस्ने प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे बस्ने सबै समितिको छुट्टा छुट्टै बैठकमा हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ । समितिका सभापतिमा बिहीबार मनोनयन दर्ता भएको छ ।

विदेशबाट फर्किएका भीम, घुम्तीगोठले बनाए आत्मनिर्भर

Nepal Watch | 18 hours ago
म्याग्दी । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्‍यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घर व्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निराश भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रा पालन गर्ने सोच पलायो ।

सिरहामा सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

Nepal Watch | 19 hours ago
सिरहा। जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।

काठमाडौँ महानगरद्वारा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

Nepal Watch | 19 hours ago
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।

चालु आवको नौ महिनामा थपियो साढे दुई खर्ब ऋण

Nepal Watch | 19 hours ago
काठमाडौ – सरकारको सार्वजनिक ऋण दिनानुदिन बढ्दै गएको छ। चालु आर्थिक वर्षको नौ महिनाकै अवधिमा सार्वजनिक ऋण साढे दुई खर्ब बढेको छ। राजस्व संकलन कमजोर, विनिमय दरमा भएको नोक्सानी, विकास निर्माणका परियोजनालाई ऋण लिनुपर्ने बाध्यताका कारण ऋणको भार बढ्दै गएको हो।

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

Nepal Watch | 20 hours ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ। घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए।

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

Nepal Watch | 21 hours ago
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

Nepal Watch | 1 day ago
काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

Nepal Watch | 1 day ago
काठमाडौं- निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच तीन घण्टा छलफल, कसले के भने ?

Nepal Watch | 1 day ago
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोच्चले दीपक खड्कालाई थुनाबाट छाड्न आदेश

Nepal Watch | 1 day ago
काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनाबाट छोड्न आदेश दिएको छ। आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनाबाहिरै राख्ने निर्णय सुनाएको हो। आदेशमा भनिएको छ कि खड्काको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नभएको र अनुसन्धान हिरासतबाहिर बसेर पनि गर्न सकिने देखिन्छ।

भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, साढे १० करोड बिगो मागदाबी

Nepal Watch | 1 day ago
काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व नेतृत्वमाथि ठूलो आर्थिक अनियमितताको आरोप लाग्दै कानुनी प्रक्रिया अघि बढेको छ। तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै प्राधिकरणभित्रको कार्यशैलीमाथि पुनः प्रश्न उठेको छ।

Explore news by Category