npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

जापानिज इन्सेफ्लाइटिस : यस वर्ष ३५ जनाको मृत्यु‚ उच्च जोखिममा २८ जिल्ला

Nepal Watch | 7 hours ago
काठमाडौँ। जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यो वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएको थियो। यस वर्ष जापानिज इन्सेफ्लाइटिसका एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए।

वैदेशिक रोजगारीमा जाने जेन जी घाइते र शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने

Nepal Watch | 7 hours ago
काठमाडौँ । वैदेशिक रोजगारमा जाने जेन जी आन्दोलनका घाइते तथा शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीमा जान चाहने घाइते तथा उनीहरूका परिवारको स्वास्थ्य परीक्षणमा ५० प्रतिशत र मृतकका परिवारलाई शतप्रतिशत निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गरिने भएको हो ।

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

Nepal Watch | 9 hours ago
काठमाडौं । सरकारले जेन जेड आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ। यही पुस ८ गते नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

Nepal Watch | 9 hours ago
मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो । सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

सेयर किन्ने सोचमा हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जामा अब यसरी दिनुहोस् आवेदन

Pushpa Dhungana | 12 hours ago
काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

मनमोहक तनहुँको दुबुङ गाउँ

Nepal Watch | 13 hours ago
तनहुँ -विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ। पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ। तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ। ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउछन्।

देशभर थपिए १० लाख बढी मतदाता

Nepal Watch | 13 hours ago
काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरवारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका छन् । उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ११४ पुगेको छ ।

चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने

Nepal Watch | 13 hours ago
काठमाडौँ । २१ फागुनको प्रतिनिधि सभा सदस्यको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको छ ।

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

Nepal Watch | 19 hours ago
म्याग्दी। पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

Nepal Watch | 20 hours ago
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो ।

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

Nepal Watch | 21 hours ago
काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ ।

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

Nepal Watch | 22 hours ago
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

Nepal Watch | 22 hours ago
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलास्थित हिमाली बस्ती याङ्मामाका पशुपालन किसान बर्सेनि जंगली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन् । उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यस वर्ष केही दिन अघि यांमाकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् ।

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

Nepal Watch | 22 hours ago
काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक

Nepal Watch | 1 day ago
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र दुई विद्यार्थीले दुई/दुई पदक तथा पुरस्कार पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा ९अर्थशास्त्र० सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने भएको जानकारी दिए ।

अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते

Nepal Watch | 1 day ago
काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो।

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

Nepal Watch | 1 day ago
काठमाडौँ- सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका-४, माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

Nepal Watch | 1 day ago
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताएका छन् ।

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यु-१९ एसिया कपको उपाधि

Nepal Watch | 1 day ago
काठमाडौँ। यु-१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। १२औँ संस्करणको प्रतियोगितामा पहिलो पटक च्याम्पियन भएको पाकिस्तानले फाइनलमा सात पटकको विजेता भारतलाई हराएको हो । यूएईमा भएको फाइनल खेलमा भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।

Explore news by Category