npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता, देउवा पक्षको रिट खारेज

Nepal Watch 3 hours ago

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसमा गगन थापा नेतृत्वको समूहलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो।

यससँगै, देउवा पक्षले दायर गरेको रिट निवेदन खारेज भएको छ। यसअघि निर्वाचन आयोगले फागुन २१ गते थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो, जसको विरोधमा देउवा समूह अदालत पुगेको थियो।

पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध पूर्णबहादुर खड्का र शेखर कोइराला समूहले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए।

यस मुद्दामा माघ ६ गते प्रारम्भिक सुनुवाइ हुँदा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो। त्यसपछि सबै पक्षको जवाफ आएपछि मुद्दा अन्तिम सुनुवाइका लागि अघि बढाइएको थियो।

अन्ततः शुक्रबार सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै थापा समूहलाई आधिकारिकता दिएको हो।

Read more news from NepalWatch

Explore by Source or Category