काठमाडौं । प्रविधि उत्पादक कम्पनी हुवावेले नेपाली नयाँ वर्ष २०८३ को विशेष अवसर पारेर आफ्नो चर्चित स्मार्ट वेयरेबलको पछिल्लो संस्करण ‘हुवावे ब्यान्ड ११’ सिरिज आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। स्वास्थ्य, फिटनेस र आधुनिक जीवनशैलीलाई एकीकृत गर्ने उद्देश्यका साथ कम्पनीले यो सिरिज बजारमा ल्याएको हो।
काठमाडाैं । भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्न डिलरशिप आह्वान गरेको छ । ५० वर्षदेखि विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल बढाउने उद्देश्यका साथ नयाँ डिलरहरूको माग गरेको हो।
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो मााइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो ।
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।
काठमाडाैं । नेपाली उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष चण्डीराज ढकालले सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १६औँ अध्यक्षका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पाकिस्तानको इस्लामावादमा अप्रिल १९, २०२६ मा आयोजित एक विशेष समारोहका बीच उनले नेतृत्व सम्हालेका हुन् ।
काठमाडौं । नेपालको खाद्य, पेय पदार्थ र आतिथ्य उद्योग यतिबेला एक महत्वपूर्ण ऐतिहासिक मोडमा आइपुगेको छ। विगत दुई दशकमा रेस्टुरेन्ट, होटल, क्याटरिङ र खाद्य प्रशोधन व्यवसायमा आएको अभूतपूर्व वृद्धिले नेपालीहरूको जीवनशैली र खानपानको संस्कृतिमा आमुल परिवर्तन ल्याएको छ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि उल्लेख्य सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।
काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र अवैध आयात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको हाे ।
काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कामय भएको हो ।