npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

नेपालमा हुवावे ब्यान्ड ११ सिरिज सार्वजनिक, ‘रन विथ द बिट’ मार्फत प्रविधि र फिटनेसको फ्युजन

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । प्रविधि उत्पादक कम्पनी हुवावेले नेपाली नयाँ वर्ष २०८३ को विशेष अवसर पारेर आफ्नो चर्चित स्मार्ट वेयरेबलको पछिल्लो संस्करण ‘हुवावे ब्यान्ड ११’ सिरिज आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। स्वास्थ्य, फिटनेस र आधुनिक जीवनशैलीलाई एकीकृत गर्ने उद्देश्यका साथ कम्पनीले यो सिरिज बजारमा ल्याएको हो।

यस पटकको लन्चलाई विशेष बनाउन हुवावेले ‘मेल्टडाउन’ सँगको सहकार्यमा ‘रन विथ द बिट’नामक नेपालकै पहिलो साङ्गीतिक दौड कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा ठूलो संख्यामा सहभागीहरूले संगीतको तालमा दौडिँदै फिटनेस र प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।

हुवावे ब्यान्ड ११ सिरिजमा प्रयोगकर्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै उच्च स्तरका सेन्सरहरू जडान गरिएका छन्। यसमा निद्राको विस्तृत विश्लेषण, २४सै घण्टा हृदय गति मापन र रगतमा अक्सिजनको मात्रा निगरानी गर्ने प्रविधि उपलब्ध छ। साथै, शारीरिक व्यायाममा रुचि राख्नेहरूका लागि १०० भन्दा बढी वर्कआउट मोडहरू र मानसिक स्वास्थ्यका लागि तनाव व्यवस्थापन गर्ने विशेष फिचर समेत समावेश छन्। हलुका र आकर्षक डिजाइनमा उपलब्ध यो ब्यान्डको ब्याट्री क्षमता १४ दिनसम्म रहने कम्पनीले जनाएको छ।

नेपाली बजारमा यो सिरिज तीनवटा भेरियन्टमा उपलब्ध गराइएको छ। जसअनुसार पोलिमर मोडलको मूल्य ९ हजार ९९० रुपैयाँ, लाइट एल्युमिनियम एलोय मोडलको ११ हजार ९९० रुपैयाँ र प्रिमियम फिचरसहितको ब्यान्ड ११ प्रो को मूल्य १४ हजार ९९० रुपैयाँ तोकिएको छ।

हुवावे हेल्थ एपमार्फत प्रयोगकर्ताले आफ्नो दैनिक गतिविधि र स्वास्थ्य अवस्थाको विस्तृत जानकारी मोबाइलमै प्राप्त गर्न सक्नेछन्।

Read more news from Kendrabindu

Explore by Source or Category