npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

नेपालमा व्यवसाय विस्तार गर्दै राल्सन टायर, देशका प्रमुख सहरहरूमा डिलरशिप खुला

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडाैं । भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्न डिलरशिप आह्वान गरेको छ । ५० वर्षदेखि विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल बढाउने उद्देश्यका साथ नयाँ डिलरहरूको माग गरेको हो।

राल्सन टायर विशेषगरी यसको मजबुत निर्माण र उच्च टिकाउपनका लागि विश्वभर परिचित छ जसले गर्दा यो नेपालको जस्तो चुनौतीपूर्ण भौगोलिक अवस्था र कच्ची तथा पक्की दुवै सडकका लागि अत्यन्तै उपयुक्त मानिन्छ। यस टायरमा भारी तौल बहन गर्ने उच्च क्षमता हुनुका साथै लामो माइलेज दिने विशेषता रहेको छ जसले गर्दा व्यावसायिक सवारी साधन धनीहरूलाई यो अत्यन्तै किफायती सावित हुन्छ। यसको बलियो ग्रिप, मजबुत ट्रिड डिजाइन र पन्चर प्रतिरोधात्मक क्षमताले यात्रालाई सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्ने कम्पनीकाे भनाइ छ ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड लगायतका प्रमुख सहर तथा क्षेत्रहरूमा डिलरशिपका लागि आवेदन खुला गरिएको छ। इच्छुक स्थानीय व्यवसायीहरूले यी तोकिएका स्थानहरूबाट आधिकारिक डिलर भई काम गर्न सक्नेछन्।

Read more news from Kendrabindu

Explore by Source or Category