npl.977 Nepal News Stream

नेपाल न्युज logo

नेपाल न्युज

दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु

नेपाल न्युज | 35 minutes ago
खोटाङ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माणको काम सुरु गरिएको छ। दिक्तेल बजारको भानुचोकमा रहेको सो सालिक लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको थियो।

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

नेपाल न्युज | 36 minutes ago
म्याग्दी। म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ। यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा।

राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

नेपाल न्युज | 40 minutes ago
स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ।

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

नेपाल न्युज | 55 minutes ago
झापा। चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो।

आज कस्तो रहला मौसम ?

नेपाल न्युज | 1 hour ago
काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ।

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

नेपाल न्युज | 1 hour ago
मुस्ताङ। माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ। हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ। माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन्। केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन्।

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

नेपाल न्युज | 1 hour ago
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ। एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए। उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो।

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

नेपाल न्युज | 1 hour ago
काठमाडौँ। क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ। उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो। क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन्।

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

नेपाल न्युज | 1 hour ago
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियम प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन्।

जब हाँस्थे कमरेड काशीनाथ

विवश वस्ती | 2 hours ago
घरमा रैथाने वा आप्रवासी पक्षीहरूले गुँड लगाउनुलाई ‘शुभ–संकेत’ मानिन्छ। पक्षीहरूले आफ्नो घरमा आश्रय लेऊन् भन्ने पवित्र भावनाले नै हुनुपर्छ, पहिला पहिला मानिसहरूले आफ्ना घरमा मटान बनाउँथे। त्यस्ता मटानमा पक्षीहरूले गुँड लगाउँथे, अन्डा कोरल्थे र बच्चा जन्माउँथे। रैथानेहरू यतैतिर बस्थे, आप्रवासी भने ‘पखेटा’ फिँजाउँथे र आफ्ना बचेराहरूलाई लिएर हामीले भन्ने देश–देशान्तरतिर हान्निन्थे।

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आज (मंगलबार)देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो।

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

नेपाल न्युज | 2 hours ago
दाङ। घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ। दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ।

रघुगंगा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

नेपाल न्युज | 2 hours ago
एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने र आउने एकमुष्ट शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

सम्पदा परियोजना कार्यशालाका लागि आवेदन खुला

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। नेपालका सांस्कृतिक तथा सम्पदा क्षेत्रमा काम गर्ने व्यक्तिका लागि, ब्रिटिस काउन्सिलले ‘सम्पदा: समृद्धिका लागि धरोहर’ नामक तीन दिने परियोजना व्यवस्थापन कार्यशालाका लागि आवेदन खुला गरेको छ। यो कार्यशाला २०२६ जनवरी २१ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदैछ।

बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छः प्रधानन्यायाधीश राउत

नेपाल न्युज | 2 hours ago
ललितपुर। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायालयप्रति जनआस्था कायम हुने बताएका छन्।

यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

नेपाल न्युज | 2 hours ago
काठमाडौँ। सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ। निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन्।

तपाईंको आजको राशिफल कस्तो छ?

नेपाल न्युज | 3 hours ago
काठमाडौं। आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर २३ तारिख। पौष शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: राज्यबाट मान सम्मान पाइनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह- निर्वाचनमा ढुक्क भएर सहभागी हुनुस्

नेपालन्युज | 10 hours ago
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ। सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गरिन्। उनले निर्वाचनलाई सङ्कट होइन, परिवर्तन र उत्साहको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिइन्।

Explore news by Category