नेपालन्युज
|
5 hours ago
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा विशेष महाधिवेशन समुहलाई आधिकारिकता दिने ठहर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शेरबहादुर देउवा पक्षले माग गरे बमोजिम नहुनेगरी रिट खारेज हुने फैसला गरेको छ । कांग्रेसको आन्तरिक विवादका बीच विशेष महाधिवेशन गरी गगन थापालाई सभापतिमा छनौट गरिएको थियो ।
नेपालन्युज
|
5 hours ago
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । सो पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो ।
नेपालन्युज
|
5 hours ago
काठमाडौं । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए ।
नेपालन्युज
|
5 hours ago
बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएका छन् । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
अनिल श्रेष्ठ
|
6 hours ago
विराटनगर। विराटनगरमा जारी ३८औँ संस्करणको नोबेल विराट गोल्डकपको फाइनल प्रतिस्पर्धा शनिबार हुँदै छ। उपाधिका लागि पूर्वविजेता झापा-११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब आमनेसामने हुँदै छन्। विराटनगरस्थित सहिद रंगशालामा शनिबार राति ७ बजे सुरु हुने फाइनलमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने तयारीमा छन्।
नेपालन्युज
|
6 hours ago
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्ति अतिक्रमण वा अनधिकृत प्रयोगमा रहेको पाइएपछि ती सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न सम्बन्धित पक्षलाई औपचारिक निर्देशन दिएको छ ।

काठमाडौँ । बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रगति र कार्यान्वयनसम्बन्धी विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसहित आज उक्त विषयमा समन्वयात्मक बैठक आयोजना गरिएको हो। छलफलमा अर्थ, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयका मन्त्रीहरूका साथै विभिन्न सांसदहरूको सहभागिता रहेको थियो।

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको हो। सेवाग्राहीको जग्गासम्बन्धी काममा (सर्जमिन मुचुल्का) का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस मागेका थिए।
नेपालन्युज
|
7 hours ago
काठमाडौँ । इरानले मध्यपूर्वी परिस्थितिसँग जोडिएको युद्धविराम अवधिमा होर्मुज जलमार्गलाई पूर्ण रूपमा सञ्चालनमा राख्ने निर्णय सार्वजनिक गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानसँग सम्बन्धित युद्धविराम लागू रहँदासम्म उक्त जलमार्गमार्फत व्यावसायिक जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गरिने जानकारी दिएका हुन्। उनका अनुसार करिब १० दिनको युद्धविराम अवधिमा अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित जहाजहरूलाई सो मार्ग प्रयोग गर्न अनुमति दिइनेछ।

भद्रपुर। यहाँको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ । तनहुँमा पहिलो पटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । संघीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलो पटक राहदानी सेवा घरमै वितरण गरिएको हो ।

ललितपुर। वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ । ब हाल पुलचोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ ।

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न कडा निर्देशन दिएको छ। अनलाइन परामर्शको नाममा बिरामीका विवरण, रोगसम्बन्धी सामग्री र औषधि सिफारिस खुला रूपमा प्रसारण भइरहेकोप्रति काउन्सिलले गम्भीर आपत्ति जनाएको हो।
नेपालन्युज
|
7 hours ago