npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

२ लाख घुससहित मालपोतका नासु पक्राउ

नेपालन्युज 10 hours ago

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको हो। सेवाग्राहीको जग्गासम्बन्धी काममा (सर्जमिन मुचुल्का) का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस मागेका थिए।

विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई भैरहवा बजारबाटै रंगेहात पक्राउ गरेको हो। अख्तियारका अनुसार पक्राउ परेका मगरको साथबाट घुस बापतको दुई लाख रुपैयाँ पनि बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category