npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सर्वोच्चद्वारा कांग्रेसको आधिकारिकता गगन पक्षलाई

नेपालन्युज 6 hours ago

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा विशेष महाधिवेशन समुहलाई आधिकारिकता दिने ठहर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शेरबहादुर देउवा पक्षले माग गरे बमोजिम नहुनेगरी रिट खारेज हुने फैसला गरेको छ ।

कांग्रेसको आन्तरिक विवादका बीच विशेष महाधिवेशन गरी गगन थापालाई सभापतिमा छनौट गरिएको थियो । त्यसपछि निर्वाचन आयोगले पनि विशेष महाधिवेश पक्षधरलाई नै चुनाव चिह्न रुख र चारतारे झण्डाको आधिकारिकता दिएको थियो । २१ फागुनमा दुवै समुह एउटै चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।

विशेष महाधिवेशन अघिका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु आधिकारिक रहेको दाबीसहित ५ माघमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

Read more news from नेपाल न्युज

Explore by Source or Category