npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

नेपालन्युज 9 hours ago

काठमाडौँ । बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रगति र कार्यान्वयनसम्बन्धी विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसहित आज उक्त विषयमा समन्वयात्मक बैठक आयोजना गरिएको हो।

छलफलमा अर्थ, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयका मन्त्रीहरूका साथै विभिन्न सांसदहरूको सहभागिता रहेको थियो। यसका अतिरिक्त राष्ट्रिय योजना आयोग, विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणका प्रमुख पदाधिकारीहरू पनि बैठकमा उपस्थित थिए।

बैठकका क्रममा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आयोजनाको हालसम्मको अवस्था, प्रगतिका चुनौती र आगामी आवश्यकताबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।

छलफलपश्चात् सभामुख अर्यालले आयोजनालाई थप ढिलाइ नगरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्। उनले आवश्यक कानुनी संरचना निर्माण वा संशोधनमार्फत परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उल्लेख गर्दै कार्यान्वयन प्रक्रियामा अनावश्यक विलम्ब स्वीकार्य नहुने धारणा व्यक्त गरे।

आयोजनाको समापन अपरिहार्य रहेको उल्लेख गर्दै उनले यदि प्रगति हुन नसक्ने अवस्था भए त्यसका कारणहरू स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने, अन्यथा कार्यान्वयनलाई तीव्र बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category