Madhav P. Nepal
|
5 hours ago
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसला स्वीकार गर्न पार्टीका सबै पक्षलाई आह्वान गरेका छन्। उनले उक्त फैसला कसैका लागि पनि हार वा जीतको विषय नभएको स्पष्ट पारेका छन्। पौडेलले एक वक्तव्य जारी गर्दै फैसलालाई जितहारको रूपमा व्याख्या गर्दा पार्टी एकतामा असर पर्न सक्ने भएकाले त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे।
Madhav P. Nepal
|
6 hours ago
काठमाडौँ- सर्वोच्च अदालतले गगन थापा सभापति रहेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। अदालतले शुक्रबार राति यस्तो फैसला सुनाएको हो। अदालतको यस्तो फैसलापछि तीन महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको उक्त फैसला शुक्रबार राति अबेर सुनाइएको हो।
Dhairya Kanta Dutta
|
6 hours ago
काठमाडौँ- नेपाली कांग्रेसलाई प्रतिनिधिसभा संसदीय दलको नेता चयन थप केही दिन लाग्ने भएको छ। संसदीय दलको विधान परिमार्जन र सहमतिको प्रयास भइरहेकाले दलको नेता चयन गर्न कांग्रेसलाई ढिलाइ भएको हो। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य सबै दलले दलको नेता चयन गरिसके पनि कांग्रेसले हालसम्म प्रक्रियासमेत सुरू गर्न सकेको छैन।
Dhairya Kanta Dutta
|
7 hours ago
काठमाडौँ- काठमाडौँ–काठमाडौँस्थित बंगलादेश राजदूतवासले बंगाली नयाँ वर्ष १४३३ को अवसरमा ‘पोहेला बोइशाख’ पर्व मनाएको छ। शुक्रबार दूतावास परिसरमा आयोजित समारोहमा यो पर्व मनाइएको हो। समारोहमा विभिन्न देशका कूटनीतिज्ञ, सरकारी अधिकारी र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि सार्कका महासचिव गोलम सरवार रहेका थिए।
Dhairya Kanta Dutta
|
7 hours ago
काठमाडौँ– सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्वराष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ। त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजाय पनि घटाइएको उनीनिकट स्रोतले जनाएको छ। मिन्ट र ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीले एक दशक लामो नागरिक शासनको प्रयोगमा म्यानमाको नेतृत्व गरेका थिए।
Keshav Rana Chhetri
|
7 hours ago
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यहि शैक्षिक सत्र २०८२ देखि संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने भएको छ। तिलोत्तमा नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८२ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने भएको हो।
Dhairya Kanta Dutta
|
7 hours ago
काठमाडौँ- इरानले अमेरिकासँग युद्धविरामको बाँकी अवधिभर स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा खुला राख्ने घोषणा गरेको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रबार यस्तो घोषणा गरेका हुन्। सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्,‘लेबनानमा युद्धविराम भएपछि सबै व्यावसायिक जहाजहरूका लागि होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने बाटो युद्धविरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुला रहनेछ।
Keshav Rana Chhetri
|
8 hours ago
खोटाङ- लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आज (शुक्रबार) देखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो।
Dhairya Kanta Dutta
|
8 hours ago
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संयुक्त राष्ट्रसघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) सँगको सहकार्यमा सातै प्रदेशमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सञ्चालन गर्ने भएको छ।यसअन्तर्गत सात वटै प्रदेशमा गरी कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिने जानकारी कार्यक्रममा गराइएको थियो।
Keshav Rana Chhetri
|
9 hours ago
Keshav Rana Chhetri
|
10 hours ago
महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसाइलीलाई पक्राउ गरेको छ। महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिबाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय रसायलीलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Dhairya Kanta Dutta
|
10 hours ago
काठमाडौँ– इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ। यही सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका विदेशमन्त्री यभेट कुपरबीच भएको छलफलले आगामी कूटनीतिक कदमहरूलाई थप स्पष्ट बनाएको छ।
Keshav Rana Chhetri
|
10 hours ago
दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो १ः३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
Keshav Rana Chhetri
|
11 hours ago
काठमाडौँ- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन्। शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थित थिए।
Dhairya Kanta Dutta
|
11 hours ago
काठमाडौँ- त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो। शुक्रबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको हो। योसँगै त्रिभुवन आर्मी क्लबले तेस्रोपटक प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो। टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.
Keshav Rana Chhetri
|
11 hours ago
चितवन- एकतिसौँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै छ। यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाले विभिन्न कार्यक्रमसहित मनाइरहेका छन्। यसै क्रममा आज (शुक्रबार) सिमसार तथा नदी सरसफाइ गरिएको छ। सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।
Dhairya Kanta Dutta
|
11 hours ago
काठमाडौँ- काठमाडौँ महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ। महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको हो। यस क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ- फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुरक्षा बल र सशस्त्र इस्लामवादी समूहबीच भएको गोली हानहानमा १० जनाको मृत्यु भएको छ। प्रहरी र सेनाको संयुक्त टोलीले शंकास्पद ‘आतंकवादी’हरूलाई पक्राउ गर्ने प्रयास गर्दा दोहोरो भिडन्त भएको थियो। मुख्यतया मुस्लिम बाहुल्य रहेको क्षेत्रमा भएको गोलीबारी झन्डै एक घन्टासम्म चलेको क्षेत्रीय प्रहरीले जनाएको छ।
Keshav Rana Chhetri
|
12 hours ago
महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए।
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्नरनगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ।