Kiran Poudel
|
24 minutes ago
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको भेटवार्तापछि सकारात्मक प्रतिक्रिया सार्वजनिक भएको छ। रास्वपाका केन्द्रीय सदस्य असिम शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका हुन्।
Kiran Poudel
|
32 minutes ago
काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो ।
Kiran Poudel
|
43 minutes ago
काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै ११ औं महाधिवेशनका प्रत्यासीसमेत रहेका पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन्।
Kiran Poudel
|
54 minutes ago
काठमाडौँ- नेपालका सांस्कृतिक तथा सम्पदा क्षेत्रमा काम गर्ने व्यक्तिका लागि, ब्रिटिस काउन्सिलले ‘सम्पदा: समृद्धिका लागि धरोहर’ नामक तीन दिने परियोजना व्यवस्थापन कार्यशालाका लागि आवेदन खुला गरेको छ । यो कार्यशाला २०२६ जनवरी २१ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।
Kiran Poudel
|
59 minutes ago
काठमाडौँ- चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आज (मंगलबार)देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो।
Kiran Poudel
|
1 hour ago
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ।
Kiran Poudel
|
1 hour ago
मेष घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ। वृष व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ। मिथुन रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ।
Madhav P. Nepal
|
9 hours ago
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचनबाट तेस्रोपल्ट पार्टी अध्यक्ष चयन हुँदा अर्को वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व चयन प्रक्रियाबारे बहस भइरहेको छ। प्रचण्ड झन्डै चार दशकदेखि बिना चुनावी प्रतिस्पर्धा पार्टी प्रमुख रहँदै आएकाले उनीबारे चासो बढेको हो। लामो समयदेखि पार्टी प्रमुख रहे पनि प्रचण्ड चुनावबाट चयन भएको इतिहास छैन।
Dhairya Kanta Dutta
|
9 hours ago
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएका छन्। सोमबार सिरहाको गोलबजारमा दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरूको (डोटिम) परिसंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताए।
Madhav P. Nepal
|
10 hours ago
काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा व्यापार घाटा बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ८३ अर्ब रुपैयाँ थियो। यस अवधिमा आयात १५.
Dhairya Kanta Dutta
|
10 hours ago
काठमाडौँ- एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
Keshav Rana Chhetri
|
10 hours ago
काठमाडौँ- जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो। यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शंकास्पद बिरामीको परीक्षण गरिएको उनले बताए।
Dhairya Kanta Dutta
|
10 hours ago
काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूका लागि प्रस्ताव गरिएको आकर्षक लाभांश पारित गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। बैंकले जनाएअनुसार बोनस सेयर ५ प्रतिशत र नगद लाभांश करसहित ५.
Dhairya Kanta Dutta
|
11 hours ago
काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्।
Keshav Rana Chhetri
|
11 hours ago
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५, वन समिति बजार छेउको चिया पसलमा अचेल हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ। यहाँ उपस्थित भएकाहरूको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागि भन्दा निर्वाचनको गफ गर्न आएका हुन्। यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन्। हरेकले आआफ्नै विश्लेषण सुनाउँछन्।
Dhairya Kanta Dutta
|
11 hours ago
काठमाडौँ – जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्।
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन्। निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वैसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाब जनतालाई पोख्न नहुने समेत बताइन्।
Keshav Rana Chhetri
|
12 hours ago
Dhairya Kanta Dutta
|
12 hours ago
काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन्। सिंहदरबारमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी गराए।