npl.977 Nepal News Stream

Himal Press logo Himal Press

सर्वोच्चको फैसला स्वीकार्न कांग्रेस महामन्त्री पौडेलको आह्वान

Madhav P. Nepal 7 hours ago

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसला स्वीकार गर्न पार्टीका सबै पक्षलाई आह्वान गरेका छन्। उनले उक्त फैसला कसैका लागि पनि हार वा जीतको विषय नभएको स्पष्ट पारेका छन्।

पौडेलले एक वक्तव्य जारी गर्दै फैसलालाई जितहारको रूपमा व्याख्या गर्दा पार्टी एकतामा असर पर्न सक्ने भएकाले त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे। ‘एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सजग हुनुपर्छ,’ उनले भनेका छन्।

उनले अब सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई पुनः चारतारे झण्डामुनि गोलबद्ध भई आगामी १५औँ महाधिवेशनतर्फ अघि बढ्ने वातावरण निर्माण गर्न आह्वान गरेका छन्।

महामन्त्री पौडेलले पार्टीभित्र सबैलाई सुरक्षित आभास हुने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने फैसला गरेपछि महामन्त्री पौडेलको यस्तो प्रतिक्रिया आएको हो।

 

Read more news from Himal Press

Explore by Source or Category