npl.977 Nepal News Stream

Himal Press logo Himal Press

त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

Dhairya Kanta Dutta 13 hours ago

काठमाडौँ- त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।

शुक्रबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको हो।

योसँगै त्रिभुवन आर्मी क्लबले तेस्रोपटक प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएर लक्ष्य पूरा गर्‍यो।
आर्मीले ९३ बल बाँकी छँदै जित हासिल गरेको हो।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। उसले ११ ओभरभित्रै ३१ रन जोडेर आफ्ना शीर्ष पाँच विकेट गुमायो। किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन जोडेर इनिङ्स सम्हाल्ने प्रयास गरे।

अशोक धामीले ४६ बलमा सर्वाधिक ४३ रन जोडे। हेमन्त धामीले १६ रनको योगदान दिँदा अन्य कुनै ब्याटरले दोहोरा अंकमा रन जोड्न सकेनन्।

आर्मीका लागि आकाश चन्द र शाहब आलमले ३–३ र बसिर अहमदले २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर त्रितराज दासले ३१ रन बनाए। कप्तान विनोद भण्डारी २० र भीम कार्की ४ रनमा आउट भए। त्यसतै कुशल मल्लले १७, इमरान शेखले ४६ र बसिर अहमदले ४५ को योगदान दिए।

सुदूरपश्चिमका लागि हेमन्त धामीले २, विकास आगरी, शेर मल्ल र अशोक धामीले १–१ विकेट लिए।

यसअघि आर्मीले २०७४ र २०७८ मा उपाधि जितेको थियो।

विजेत आर्मीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरू :

इमर्जिङ प्लेयर : आशिक बैठा (मधेश प्रदेश)– ५० हजार नगद र ट्रफी

उत्कृष्ट बलर : हेमन्त धामी (सुदूरपश्चिम)– १० इनिङ्समा २७ विकेट

उत्कृष्ट ब्याटर : अर्जुन कुमाल (गण्डकी प्रदेश) – ९ इनिङ्समा दुई शतकसहित ५०४ रन

प्लेयर अफ द टुर्नामेन्ट : सन्तोष यादव (लुम्बिनी प्रदेश) – ९ इनिङ्समा २१ विकेट र २६५ रन

उत्कृष्ट बलर, ब्याटर र प्लेयर अफ द टुर्नामेन्टले ट्रफीसँगै एक–एक थान मोटरसाइकल प्राप्त गरे।

Read more news from Himal Press

Explore by Source or Category