गण्डक न्यूज
|
2 hours ago
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुभव नभएका नयाँ पात्रहरूको राजनीतिक उदयले राष्ट्रिय एकता र सार्वभौमिकतामा गम्भीर प्रश्नचिह्न खडा गरेको बताएकी छन् । ‘भूमिगत महिला’ नामक पुस्तकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह प्रति लक्षित गर्दै देशको सार्वभौमिकता प्रति चिन्ता व्यक्त गरेकी हुन् ।
गण्डक न्यूज
|
2 hours ago
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताएकी छिन् ।
गण्डक न्यूज
|
2 hours ago
नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले संस्थागत निर्णयबीनै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै अहिलेको मुख्य आवश्यकता दलहरूले आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटपछि वाम एकताको चर्चा चुलिएसँगै ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
गण्डक न्यूज
|
2 hours ago
अछाम । एक भारी घाँसका लागि कर्णाली तरेका अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाको अवस्था अझै अज्ञात छ। बिहीबार साँझ सुर्खेतबाट घाँस लिएर फर्कने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका उनीहरूको खोजीमा अहिले सुरक्षा निकायका आधा दर्जन युनिट परिचालन गरिएका छन्।
राम बहादुर रोकाहा
|
12 hours ago
सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भने स्थानीय आवश्यकता अनुसार समयअघि नै कार्यक्रम अघि बढाउने भएको छ । नगरपालिकाले आज शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तथा वैशाख १४ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
गण्डक न्यूज
|
22 hours ago
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूले सुरु गरेको हाइप्रोफाइल पक्राउ शृङ्खलामा अदालतले ब्रेक लगाइदिएपछि असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकारहरूले उनलाई प्रश्न गरे, ‘तपाईँको रफ्तार स्लो डाउन भएको हो ?‘जवाफमा मन्त्री गुरुङले हाँस्दै भने, ‘खोइ त, अदालतले छाड्ने रहेछ ।
गण्डक न्यूज
|
22 hours ago
काठमाडौं । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गण्डक न्यूज
|
23 hours ago
पोखरा । १० औं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर हिमश्री फुड्स प्रा.लि.को सर्वप्रिय उत्पादन रारा तयारी चाउचाउले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको छ ।