काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । आज अमेरिकी डलरको मूल्य घटेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा रहेकोमा आज एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा छ ।
काठमाडौँ । इजरायल र लेबनानबिच १० दिन युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिच १० दिने युद्धविराम सम्झौता भएको घोषणा गरेका हुन् । युद्धविराम कार्यान्वयन सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
२०८३ वैशाख ४ गते शुक्रबारकाे राशिफल मेषमनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आप्mन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला । वृषवृष राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ ।
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ ।
भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान), अभिभावक संघ र सरोकारवालाले सरकारको नयाँ शैक्षिक सत्रसम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।मन्त्रिपरिषद्को २०८२ चैत १२ गतेको निर्णयअनुसार वैशाख १५ गतेदेखि शैक्षिक सत्र २०८३ सुरु गर्ने तथा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्थालाई इसानले असंवैधानिक, अव्यावहारिक र विद्यार्थीविरोधी ठहर गरेको हो।
काठमाडौं- निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ। सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका खड्कालाई बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत छाड्न सर्वोच्चले आदेश दिएको हो।
काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनाबाट छोड्न आदेश दिएको छ। आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनाबाहिरै राख्ने निर्णय सुनाएको हो। आदेशमा भनिएको छ कि खड्काको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नभएको र अनुसन्धान हिरासतबाहिर बसेर पनि गर्न सकिने देखिन्छ।
काठमाडौँ । रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने गरी नयाँ सुत्र कार्यान्वयनमा ल्याइने भएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले विद्युत्,पर्वतारोहण, वन र खानीको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने गरी नयाँ सूत्र कार्यान्वयनमा ल्याउने निर्णय भएको हो ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गर्नुभएको छ । बिहीबार सो निर्देशन जारी गर्नुभएको हो ।
काठमाडौं। कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा वरिष्ठ पत्रकार स्व.पुष्करलाल श्रेष्ठको सातौँ वार्षिक पुण्य तिथि र पब्लिकेसन्स्को ४३ औं वार्षिेकोत्सवको अवसरमा बिहीबार राजधानीको भिमसेनस्थानको रामघाटस्थित पब्लिकेसन्स् परिसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो।
काठमाडाैँ । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएका कारण अघि बढ्न नसकेको बताएकी छिन् । बिहीबार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारले पर्याप्त बजेट नपठाएका कारण स्थानीय तहमा विभिन्न आयोजनाहरुको काम सम्पन्न गर्न नसकिने अवस्था आएको प्रष्टाएकी हुन् ।
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा सार्वजनिक यातायात क्षेत्र गम्भीर संकटमा परेको भन्दै भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गर्दै डिजेल र पेट्रोलको मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालनमा ठूलो प्रभाव पारेको बताएका छन्।
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कुखुरापालन व्यवसायीसँग पोल्ट्री क्षेत्रको सुधार र विकासका विषयमा छलफल गरेकी छिन्। नेपाल लेयर्स कुखुरापालक संघले मन्त्री चौधरीसमक्ष पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्रमा पु¥याएको योगदान, वर्तमान अवस्था तथा दीर्घकालीन र अल्पकालीन विकासका लागि राज्यले गर्नुपर्ने कदमबारे जानकारी गराएको थियो ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रश्ताव पारित गरेको छ । त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ।
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । उनले बिहीबार सो निर्देशन जारी गरेका हुन् ।
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ ।
काठमाडाैँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गरेका छन् । बिहीबार संघीय संसद सचिवालयमा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् ।