काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन ओटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ ।
काठमाडौँ । अमेरिकाले भेनेजुएलाको नजिक अन्तर्राष्ट्रिय जल क्षेत्रमा अर्को तेल ट्याङ्करको खोजी गरिरहेको छ । दुइ देशबिच तनाब बढिरहेका बेला अमेरिकाले भेनेजुयलाको दुइओटा कच्च तेल बोकेका जहाज नियन्त्रणमा लिइसकेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई हटाउन अमेरिकाले दबाब बढाउन तेल ट्याङ्कर नियन्त्रणमा लिइरहेको छ ।
काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।
२०८२ पुष ७ गते साेमबारकाे राशिफल मेष मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्नु होला । यात्रा गर्दा विचार पुर्याउनुहोला । वृष वृष राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ ।
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र दुई विद्यार्थीले दुई/दुई पदक तथा पुरस्कार पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा ९अर्थशास्त्र० सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने भएको जानकारी दिए ।
लन्डन- नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा ‘एशियन ओरिएन्टल सुपरमार्ट’ खुलेको छ। लण्डनका नेपाली व्यवसायीहरुको लगानीमा प्लमस्टिड हाइ स्ट्रिट (एभरेष्ट स्टोरको छेउ) मा शुरु भएको सुपरमार्ट आइतबार स्थानीय सांसद एवं बेलायती प्रधानमन्त्रीकी पार्लियामेन्टरी प्राइभेट सेक्रेटरी अबेना अपोङ्ग असारेको उपस्थितिमा समुद्घाटन गरियो।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा.
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नम्बर– १ बाट रवीन्द्र मिश्रलाई प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सिफारिस नगरिएको जनाएको छ । सामाजिक सञ्जालमा मिश्रलाई सिफारिस गरिएको भनेर आएको विवरणमा सत्यता नभएको राप्रपाले जनाएको छ ।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पुस २ गते दमक हुँदै भारतको सिलिगुडी पुगेको घटना सामान्य निजी भ्रमण मात्र हो ? कि यो भ्रमण नेपालमा गहिरिँदो सत्ता संकट, निर्वाचनको अन्योल र वैकल्पिक सरकारको बहससँग गाँसिएको एउटा गम्भीर राजनीतिक संकेत हो ? पछिल्ला घटनाक्रमले यही प्रश्नलाई केन्द्रमा ल्याएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाद्य पदार्थको उत्पादन तथा बिक्री–वितरण हुने स्थानहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको पछिल्लो निरीक्षण अनुगमनका क्रममा सरसफाइ, भण्डारण र लेबलिङसम्बन्धी कमजोरीहरू भेटिएका छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालयमा भव्य रूपमा स्वागत गरिएको छ। वनस्थलीस्थित कार्यालय परिसरमा उपस्थित पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले उनलाई बाजागाजासहित स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा उल्लेख्य संख्यामा कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो। स्वागतपछि आजै पार्टीको केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
काठमाडाैँ । कवाड व्यवसायीहरूले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ । कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको आरोप समेत लगाएको छ ।
काठमाडौँ। जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुङ्गाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनलाई धोका दिएको आरोप लगाउँदै सर्वपक्षीय सरकार आवश्यक रहेको धारणा सार्वजनिक गरेको हो।
काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले एक सय दिन पूरा गरेकी छन् । राजनीतिमा सय दिनलाई ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ । सय दिनअघि प्रधानमन्त्री नियुक्त हुँदा कार्कीको स्वर जस्तो थियो, अहिले त्यसमा फरकपन आएको छ । सय दिनमा कसरी स्वर बद्लियो ?
काठमाडौँ । दशौं संस्करणको रुपमा आयोजना भएको ‘आइसिटी अवार्ड २०२५’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो।
काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । बैंकको आज बसेको सञ्चालक समिति बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो । बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व अग्रवालको रहेको छ । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि राजीनामा दिएका थिए ।
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ५८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८४ दिनको लागि २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ८४ दिनको लागि २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो यसको साँवाब्याज राष्ट्र बैंकले २०८२ चैत १ गते भुक्तानी गर्ने जनाएको छ ।
काठमाडाैँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छिन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् ।