npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

Nepal Watch | 2 hours ago
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका आधारमा ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये ५२ जनाले लिखित जवाफ पेश गरिसकेको आयोगले जानकारी दिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

Nepal Watch | 2 hours ago
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन : देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

Nepal Watch | 4 hours ago
काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ

Nepal Watch | 5 hours ago
काठमाडौं- दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Pushpa Dhungana | 13 hours ago
काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकिएको छ । बिहीबार पनि यही मूल्यमा सुन खरिदबिक्रि भएको थियो । यता, आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

Nepal Watch | 15 hours ago
काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ। राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले यो अभियान सुरु गर्न लागेको हो।

कांग्रेस अनुशासन समितिको बैठक आज

Nepal Watch | 15 hours ago
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (फागुन ८) बस्दै छ । यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिनेछ ।

शुक्लाफाँटा निकुञ्जबाहिर पाटेबाघ, स्थानीय त्रसित

Nepal Watch | 15 hours ago
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनि क्षेत्रमा पटक–पटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन् भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

Nepal Watch | 17 hours ago
मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

ट्रम्पको धम्की– सम्झौताका लागि इरानसँग १०–१५ दिन समय छ

Nepal Watch | 17 hours ago
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः धम्की दोहोर्‍याएका छन् । वासिंगटनसँग सम्झौता गर्न तेहरानसँग करिब १० देखि १५ दिनको समय रहेको, अन्यथा थप सैन्य आक्रमणको सामना गर्नुपर्ने उनको संकेत छ ।

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

Nepal Watch | 1 day ago
काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ) भएको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले रुफटफ भएको गाडी निर्वाचन प्रयोजनका लागि प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

कर्णालीबाट सार्वजनिक रास्वपाको वाचापत्र (पूर्णपाठ)

Nepal Watch | 1 day ago
सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशबाट वाचा पत्र सार्वजनिक गरेका छन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसहितले वाचा पत्र सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सार्वजनिक गरेका हुन्। यसअघि नेपाली कांग्रेसले बुधबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो ।

यस्तो छ कांग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)

Nepal Watch | 1 day ago
काठमाडौं । नेपाली काँग्रेसले २ सय पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति गगन थापासँग सिधा प्रश्नोत्तर कार्यक्रमपछि काँग्रेसले प्रतिज्ञा पत्रको पूर्णपाठ सार्वजनिक गरेको हो। हिजो काँग्रेसले मुख्य १० भिजन मात्रै सार्वजनिक गरेको थियो।

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

Nepal Watch | 1 day ago
लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ स्की खेलाडीमध्ये आठ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ । मंगलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो ।

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

Nepal Watch | 1 day ago
झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो।

तोलामा ४३ सयले बढ्यो सुन, तोलाको कति ?

Nepal Watch | 1 day ago
काठमाडौं । नेपाली बजारमा बिहीबार (फागुन ७) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४३ सय रुपैयाँल बढेको हो । आजका लागि प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन (फागुन ६) तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

Nepal Watch | 1 day ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरेकी छन् ।

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

Nepal Watch | 1 day ago
काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो ।

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

Nepal Watch | 2 days ago
काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ‘सुपर ८’ चरणको समीकरण पूरा भएको छ । बुधबार सम्पन्न खेलमा नामिबियामाथि जित निकाल्दै पाकिस्तानले सुपर ८ को टिकट सुरक्षित गरेपछि दोस्रो चरणको समीकरण पूर्ण भएको हो ।

Explore news by Category