काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ ।
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३ दशमलव ०९ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि चैतसम्ममा कुल बजेटको २८ दशमलव ७९ प्रतिशत खर्च गरेको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकमार्फत संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वयलाई थप प्रभावकारी र अनुशासित बनाउने गरी १६ बुँदे निर्णय गरेको छ । यी निर्णयले सङ्घीयताको मर्मअनुसार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुशासन, वित्तीय पारदर्शिता र राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकता दिएका छन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ वर्षको उमङ्ग र यात्रालाई अझ उत्साहजनक बनाउन कम्पनीले आकर्षक पुरस्कारसहितको यो योजना ल्याएको हो ।
काठमाडाैं । नेपाल इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नवनिर्वाचित सांसद बसु माया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ । अध्यक्ष संजय अग्रवालको नेतृत्व तथा बोर्ड सदस्यको उपस्थितिमा आयोजित कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो । संघकी सम्मानित सदस्यसमेत रहेकी तामाङलाई व्यवसायिक समुदाय र सामाजिक विकासमा दिएको योगदान, नेतृत्व तथा सक्रियताका लागि चिनिन्छ ।
काठमाडौं । सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन सम्बन्धित निकायलाई निर्देशन जारी गरेका छन् । उनले आज समय सीमासहित विस्तृत कार्ययोजना पेस गर्न सम्बन्धित निकायलाई निर्देशन जारी गरेका हुन् ।